तीन देशमा अक्षयको ‘बेलबटम’लाई प्रतिबन्ध « Khabarhub

तीन देशमा अक्षयको ‘बेलबटम’लाई प्रतिबन्ध


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘बेलबटम’ थिएटरमा रिलिज भइरहेको छ । यो फिल्मलाई दर्शकले निकै मनपराएका छन् । तर तीन देशले भने यो फिल्मको रिलिजमा प्रतिबन्ध लगाएका छन् ।

साउदी अरब, कुवेत र कतारका सेन्सर बोर्डले फिल्मको एक दृश्यमा आपत्ति जनाउदै प्रदर्शनमा प्रतिबन्ध लगाएको हो । सेन्सर बोर्ड अफ यूएईले फिल्ममा तीन देशको छवि खराब गर्ने प्रयास गरिएको दाबी गरेको छ ।

फिल्मले इतिहासलाई बंग्याएको आरोप उनीहरुको छ । यो फिल्म सन् ८० को दशकको एक सत्यघटनामा आधारित छ । फिल्म भारतको पहिलो सिक्रेट अपरेसन वरपर घुमेको छ ।

फिल्ममा प्लेनलाई अपहरण गरेर लाहौरबाट दुबई पुर्याइएको छ । त्यो बेला संयुक्त अरब इमिरेट्सको फोर्सले अपहरणकारीलाई पक्रेको थियो । त्यसपछि यूएईका रक्षामन्त्री मोहम्मद बिन राशिनले यो मामलामा हस्तक्षेप गरेका थिए । फिल्ममा यो सिक्रेट मिसनलाई भारतीय अधिकारीले पुरा गरेको देखाइएको छ ।

यही परिवर्तनका कारण तीनै देशका सेन्सर बोर्डले अक्षयको फिल्मलाई प्रतिबन्ध लगाएको अनुमान गरिएको छ । साउदी अरब, कुवेत र कतार जस्ता देशमा प्रतिबन्ध लागेपछि फिल्मको कमाईमा असर पर्ने व्यापार विश्लेषकहरुको बुझाई छ ।

फिल्ममा अक्षयसहित लारा दत्ता, वाणी कपूर, हुमा कुरैशी र आदिल हुसैनजस्ता कलाकारको अभिनय छ ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  १ : ४५ बजे

प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन नै दर्शन सेवा,

पाकिस्तानमा चिकित्सकको विरोध प्रदर्शन जारी, स्वास्थ्य सेवा अवरुद्ध

बलुचिस्तान- महिला चिकित्सकमाथि भएको एसिड आक्रमणको विरोधमा पाकिस्तानको बलुचिस्तान प्रान्तमा चिकित्सकहरूले

अफगानिस्तानमा बारुती सुरुङ हटाउन नयाँ पहल, १८ लाख वर्गमिटर क्षेत्र खतरा मुक्त गरिने

काबुल- अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जमिनमुनि रहेका बारुती सुरुङ तथा

‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग

काठमाडौं– हुलाक सेवासम्बन्धी कानुन ‘हुलाक ऐन, २०१९’ र नीति समयानुकूल

नेप्से परिसूचक २४.६३ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि