तीन देशमा अक्षयको ‘बेलबटम’लाई प्रतिबन्ध « Khabarhub

तीन देशमा अक्षयको ‘बेलबटम’लाई प्रतिबन्ध


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘बेलबटम’ थिएटरमा रिलिज भइरहेको छ । यो फिल्मलाई दर्शकले निकै मनपराएका छन् । तर तीन देशले भने यो फिल्मको रिलिजमा प्रतिबन्ध लगाएका छन् ।

साउदी अरब, कुवेत र कतारका सेन्सर बोर्डले फिल्मको एक दृश्यमा आपत्ति जनाउदै प्रदर्शनमा प्रतिबन्ध लगाएको हो । सेन्सर बोर्ड अफ यूएईले फिल्ममा तीन देशको छवि खराब गर्ने प्रयास गरिएको दाबी गरेको छ ।

फिल्मले इतिहासलाई बंग्याएको आरोप उनीहरुको छ । यो फिल्म सन् ८० को दशकको एक सत्यघटनामा आधारित छ । फिल्म भारतको पहिलो सिक्रेट अपरेसन वरपर घुमेको छ ।

फिल्ममा प्लेनलाई अपहरण गरेर लाहौरबाट दुबई पुर्याइएको छ । त्यो बेला संयुक्त अरब इमिरेट्सको फोर्सले अपहरणकारीलाई पक्रेको थियो । त्यसपछि यूएईका रक्षामन्त्री मोहम्मद बिन राशिनले यो मामलामा हस्तक्षेप गरेका थिए । फिल्ममा यो सिक्रेट मिसनलाई भारतीय अधिकारीले पुरा गरेको देखाइएको छ ।

यही परिवर्तनका कारण तीनै देशका सेन्सर बोर्डले अक्षयको फिल्मलाई प्रतिबन्ध लगाएको अनुमान गरिएको छ । साउदी अरब, कुवेत र कतार जस्ता देशमा प्रतिबन्ध लागेपछि फिल्मको कमाईमा असर पर्ने व्यापार विश्लेषकहरुको बुझाई छ ।

फिल्ममा अक्षयसहित लारा दत्ता, वाणी कपूर, हुमा कुरैशी र आदिल हुसैनजस्ता कलाकारको अभिनय छ ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  १ : ४५ बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको