जापानबाट काठमाडौँ आइपुग्यो २ लाख एस्ट्राजेनेका खोप « Khabarhub

जापानबाट काठमाडौँ आइपुग्यो २ लाख एस्ट्राजेनेका खोप


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जापान सरकारले अनुदानमा पठाएको कोरोनाविरुद्धको दुई लाख डोज खोप काठमाडौँ आइपुगेको छ ।

जापान सरकारले १६ लाख १४ हजार ७४० डोज एस्ट्राजेनेका खोप उपलब्ध गराउने घोषणा गरेकामध्ये शनिबार २ लाख ८ हजार ७ सय डोज खोप नेपाल आइपुगेको हो ।

यसअघि ९ लाख डोज खोप प्राप्त भइसकेको छ । बाँकी खोप आइतबार वा सोमबारसम्म प्राप्त हुने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए ।

नयाँ सरकार बनेपछि अहिलेसम्म ४८ लाख ११ हजार ७ सय ३३ जनाले खोप लगाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसअघि ३६ लाखले मात्रै कोरोनाविरुद्धको खोप पाएका थिए ।

हालसम्म कुल खोप लगाउने नेपालीको संख्या ८५ लाख २० हजार ४ सय २१ पुगेको छ भने त्यसमध्ये ३७ लाख ८ हजार ६ सय ८८ जनाले कोरोनाको दुवै डोज खोप लगाएका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ३ : ०० बजे

डेढ दशकपछि बन्दै काभ्रे प्रशासनको भवन

बनेपा– जिल्ला सदरमुकाम धुलिखेल नगरपालिका–७ स्थित सरस्वती बजार नजिक निर्माण

श्रीनगर विमानस्थलमा इन्डिगोको जहाज पार्किङका क्रममा खम्बामा ठोक्कियो

नयाँदिल्ली- श्रीनगर विमानस्थलमा इन्डिगो एयरलाइन्सको विमान पार्किङ गर्ने क्रममा खम्बामा

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

नयाँदिल्ली– भारतको ऊर्जा आवश्यकता पूरा गर्न रुस प्रतिबद्ध रहेको भारतका

त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण

सुदूरपश्चिममा आज गौरा पर्वको ‘अठ्यावाली’

कञ्चनपुर– सुदूरपश्चिममा आज गौरा पर्वको मुख्य दिन ‘अठ्यावाली’ हर्षोल्लासका साथ