इलामका कुन स्थानीय तहमा कति बेरुजु | Khabarhub Khabarhub

इलामका कुन स्थानीय तहमा कति बेरुजु


५ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– फाकफोकथुम गाउँपालिकामा सबैभन्दा धेरै बेरुजु देखिएको छ । महालेखा परीक्षकको ५८ औ वार्षिक प्रतिवेदन २०७८ अनुसार फाकफोथुम गाउँपालिकामा आर्थिक वर्ष २०७६/७७ मा कुल महालेखा परीक्षण गरिएको रकमको ६.८१ प्रतिशत बेरुजु देखिएको हो ।

महालेखा परीक्षकको कार्यालयले फाकफोथुममा ८२ करोड ३९ लाख ३६ हजार रुपैयाँको महालेखा परीक्षण गर्दा ५ करोड ६० लाख ६० हजार रुपैयाँ बेरुजु देखाएको हो।

पर्यटकीय नगरी सूर्योदय नगरपालिका धेरै बेरूजु हुने स्थानीय तहको दोस्रो नम्बरमा छ । सूर्योदयमा १ अर्ब ९७ करोड ३५ लाख २ हजार रुपैयाँको परीक्षणमा ५ करोड १४ लाख ३७ हजार रुपैयाँ अर्थात २.६१ प्रतिशत रकम बेरुजु देखिएको हो ।

त्यसैगरी सदरमुकाम रहेको इलाम नगरपालिकामा १ अर्ब ९१ करोड १ लाख ५१ हजार रुपैयाँको महालेखा परीक्षणमा ४ करोड ४३ लाख १० हजार रुपैयाँ बेरुजु देखिएको छ । जुन कुल रकमको २.३२ प्रतिशत हुन आउँछ ।

रोङमा ९४ करोड ३६ लाख ७८ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ३ करोड ७५ लाख २५ हजार रुपैयाँ अर्थात ३.९८ प्रतिशत रकम बेरुजु देखिएको छ । देउमाई नगरपालिकामा १ अर्ब ८ करोड ६३ लाख ५१ हजार रुपैयाँको लेखा परीक्षणमा ३ करोड १४ लाख ११ हजार रुपैयाँ बेरुजु देखिएको छ । देउमाईमा २.८९ प्रतिशत रकम बेरुजु भएको हो ।

माईजोगमाई गाउँपालिकामा ८३ करोड ३९ लाख ६० हजार रुपैयाँको लेखा परीक्षणमा २ करोड ६० लाख ६७ हजार रुपैयाँ अर्थात ३.१३ प्रतिशत बेरुजु रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । माई नगरपालिकामा १ अर्ब १२ करोड ११ लाख ६२ हजार रुपैयाँको महालेखा परीक्षणमा २ करोड ५० लाख २२ हजार रुपैयाँ बेरुजु देखिएको छ । जुन २.२३ प्रतिशत हुन आउँछ ।

सन्दकपुर गाउँपालिकामा ७८ करोड ४ लाख ९ हजार रुपैयाँको लेखा परीक्षणमा २ करोड १४ लाख ४६ हजार अर्थात २.७५ प्रतिशत बेरुजु भेटिएको हो । चुलाचुली गाउँपालिकामा ८५ करोड ७८ लाख २८ हजार रुपैयाँको परीक्षणमा १ करोड ८४ लाख ४६ हजार रुपैयाँ अर्थात २.१५ प्रतिशत बेरुजु देखिएको छ ।

जिल्लामा सबैभन्दा कम माङ्सेबुङ गाउँपालिकामा बेरुजु देखिएको छ । महालेखा परीक्षण भएको ७० करोड १४ लाख २६ हजार रुपैयाँमा १ करोड ४६ लाख ५९ हजार रुपैयाँ बेरुजु आएको छ । जुन २.०९ प्रतिश हुन आउँछ ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ५ : ०० बजे

इरानद्वारा यहुदी विरोधी आक्रमणमा अस्ट्रेलियाको आरोप अस्वीकार

तेहरान– इरानको विदेश मन्त्रालयले अस्ट्रेलियामा भएका दुई यहूदी विरोधी आक्रमणको

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी

यु–१७ महिला च्याम्पियनसिप : नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौं– नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा

बैतडीमा जिप दुर्घटना हुँदा १२ जना घाइते

दशथचन्द– बैतडीमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्

वनमन्त्री शाही र सचिव मिश्रबीच कार्यसम्पादन सम्झौता

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र मन्त्रालयका सचिव