सुर्खेत र डोल्पामा कांग्रेसको वडा अधिवेशन अनिश्चित « Khabarhub

सुर्खेत र डोल्पामा कांग्रेसको वडा अधिवेशन अनिश्चित


५ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सदस्यता विवाद टुङ्गो लाग्न नसक्दा सुर्खेत र डोल्पामा नेपाली कांग्रेसको वडा अधिवेशन अनिश्चित बनेको छ । कर्णालीका १० जिल्लामध्ये यी दुईबाहेक सबै जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ ।

डोल्पामा राप्रपा र सुर्खेतमा अखण्ड नेपाल पार्टीबाट समायोजन भई आएकालाई क्रियाशील सदस्यता दिने विषयमा विवाद छ । कांग्रेसका सुर्खेत जिल्ला सभापति कमलराज रेग्मीले पार्टी केन्द्रले अखण्ड नेपालबाट आएका १९९ लाई सदस्यता दिने परिपत्र पठाएपछि आफूहरुले असहमति जनाएको बताए ।

“आज १३ जिल्लामा वडा अधिवेशन भइरहेको छ, तर सुर्खेतमा कहिले गर्ने ? केही टुङ्गो छैन”, उनले भने, “क्रियाशील सदस्यताको विवाद टुङ्गिएको छैन, केन्द्रले निर्वाचन अधिकृत पनि पठाएको छैन ।”

सुर्खेतका कतिपय वडामा उम्मेदवारी घोषणासंगै अधिवेशनको माहौल शुरु भए पनि पार्टी केन्द्रले सदस्यता विवाद समाधान गर्न ढिलाइ गर्दा कार्यकर्तामा अन्योलता बढेको छ ।

सुर्खेतमा ९९ र डोल्पामा ६५ वडा छन् । डोल्पामा राप्रपाबाट समायोजन भई पार्टी केन्द्रीय सदस्य रहनुभएका कर्ण बुढाले सदस्यता विवादकै कारण वडा अधिवेशन अनिश्चित भएको बताए । केन्द्रीय सदस्य बुढाले एकलौटी सदस्यता वितरण गरेको भन्दै त्यहाँको जिल्ला नेतृत्वले असहमति जनाउँदै आएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १० : ३० बजे

त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए

चितवन – चीनको स्वशाषित क्षेत्र तिब्बतबाट हुँदै भोटेकोशीमा गएको बाढीसँगै

भोटेकोशी बाढी : तनहुँमा ६ शव भेटिए

तनहुँ – भोटेकोशीमा गएको बाढीसँगै तनहुँको त्रिशूली र देवघाटको नारायणीमा

रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय

काठमाडाैं – रसुवा बाढीमा परी जलविद्युत आयोजनामा कार्यरत १९६ भन्दा

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय

कस्तो रहला आज रातिको मौसम ?

काठमाडौं – देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न भू-भागमा