सिसाको पर्खालमा शाहरुख र आर्यनको इन्टरकम कुराकानी « Khabarhub

सिसाको पर्खालमा शाहरुख र आर्यनको इन्टरकम कुराकानी


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– लागुऔषध मुद्धामा अभिनेता शाहरुख खानका छोरा आर्यन खान जेलमा छन् । उनी र उनका साथीहरु अरबाज मर्चेन्द्र र मुनमुन धमेचामाथि लागुऔषध सेवन र लेनदेनको आरोप छ ।

हालसम्म एनडीपीएस कोर्टले उनीहरुको जमानता अस्वीकार गरिरहेको छ । बिहीबारमात्र शाहरुख पहिलोपटक आर्यनलाई भेट्न जेल पुगेका थिए ।

कोभिड–१९ प्रोटोकलका कारण शाहरुखले आर्यनलाई प्रत्यक्ष भेट्न पाएका थिएनन् । बुधबारसम्म शाहरुखको परिवारलाई जेलमा आउन प्रतिबन्ध थियो । बिहीबारबाट यो प्रतिबन्ध हटेपछि शाहरुख छोरालाई भेट्न जेलमा पुगेका हुन् ।

शाहरुखले आर्यनसँग आर्थर जेलको भिजिट सेक्सनमा करिब १८ मिनेटसम्म इन्टरकम कुराकानी गरेका थिए । उनीहरु कुराकानी गरिरहँदा बीचमा सिसाको पर्खाल थियो । शाहरुखले छोरासँग कुरा गरिरहँदा उनीसँग जेलका अन्य अधिकारी पनि उपस्थित थिए ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  १२ : ५६ बजे

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले

काठमाडौं जिल्ला अदालतले डा. पाण्डेविरुद्धका निवेदनमा दिएन अन्तरकालीन आदेश

काठमाडौं– डा. रुद्र पाण्डेविरुद्ध गाली बेइज्जेती मुद्दा लिएर गएका कलेजलाई

दसैँका लागि नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– नेपालीहरुको ठूलो चाडपर्व नजिकिदै जाँदा काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा