चीनले दुई पटक हाइपरसोनिक हतियार परीक्षण गरेको पुष्टि « Khabarhub

चीनले दुई पटक हाइपरसोनिक हतियार परीक्षण गरेको पुष्टि


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनले जुलाई र अगस्ट गरी दुई पटक नयाँ हाइपरसोनिक हतियार परीक्षण गरेको फाइनेन्सियल टाइम्सले खुलासा गरेको छ । यो खुलासासँगै चीनको भूराजनीतिक प्रतिद्धन्द्धी अमेरिका चिन्तित बनेको छ ।

क्षेप्यास्त्र परीक्षणले अमेरिकी सेना र गुप्तचर अधिकारी स्तब्ध बनेको पत्रिकाले टिप्पणी गरेको छ । पत्रिकाअनुसार चीनले पहिलोपटक जुलाई २७ मा आणविक हतियार क्षमतायुक्त हाइपरसोनिक ग्लाईड भेहिकललाई पृथ्वीको परिक्रमा गराएपछि लक्ष्यतर्फ पठाएको थियो ।

त्यसको दुई सातापछि १३ अगस्टमा चीनले दोस्रो हाइपरसोनिक परीक्षण गरेको थियो । चिनियाँ सेनाको प्रगतिबाट अमेरिका अत्तालिएको छ । अमेरिकी वैज्ञानिकहरुले हाइपरसोनिक हतियारको क्षमताबारे चासो देखाउँदै आएको छ । चीनको आणविक हतियार क्षमताबाट राष्ट्रपति जो बाइडेन प्रशासन चिन्तित छ । यस्तो उपकरण अमेरिकासँग भने छैन् ।

चीनको विदेश मन्त्रालयले यसअघि अन्तरिक्षमा विमान मात्र पठाएको जनाएको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  १ : २३ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले