देउवा र पौडेललाई कांग्रेसबाट ‘रिटायर्ड’ हुन कांग्रेस नेता प्रकाशमान सिंहको आग्रह « Khabarhub

देउवा र पौडेललाई कांग्रेसबाट ‘रिटायर्ड’ हुन कांग्रेस नेता प्रकाशमान सिंहको आग्रह


४ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वउपसभापति प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टीबाट ‘रिटायर्ड’ हुन आग्रह गरेका छन् ।

आमाको किरियापुत्री बसेका नेपाली कांग्रेस धादिङका पूर्वसभापति रामनाथ अधिकारीलाई बिहीबार भेट्न धादिङ आएका कांग्रेस नेता सिंहले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा आफू सभापति पदको उम्मेदवार हुने सङ्केत गर्दै पार्टीलाई नीति र विधिअनुसार सञ्चालन गर्नका लागि आफू नै योग्य भएको बताए ।

वर्तमान नेतृत्वले पार्टीलाई सही दिशामा लान नसकेको आरोप लगाउँदै उनले आफू सङ्गठन सुदृढीकरण र शुद्धीकरण अभियान सञ्चालन गर्दै हिँडेको बताए । अझै तीन जिल्लाको सदस्यता विवाद भएकाले सो समाधान गरेर अब तोकिएकै समयमा महाधिवेशन गर्नै पर्ने उनको माग छ ।

यसअघि महाधिवेशन तोकेपछि जस्तोसुकै कठिन अवस्थामा पनि सम्पन्न गर्ने गरेकाले अहिले तीनपटक महाधिवेशन तोकेर पनि सर्दै आएकामा चिन्ता व्यक्त गरे । अझै तीन जिल्लामा सदस्यता विवाद भएकाले विवाद समाधान गर्न गठित कार्यदलको प्रतिवेदनअनुसार गर्नुपर्ने बताए ।

पार्टीको महाधिवेशन समयमै गर्नुपर्ने बताउँदै आफू देउवा र रामचन्द्रपछिको नेता भएकाले संस्थागतरूपमा पार्टी चलाउन आफूले नेतृत्व गर्नुपर्ने बताए । पार्टी सुदृढीकरण र शुद्धीकरणको अभियानमा आफू लागेको बताए। प्रेस युनियन धादिङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा विभिन्न जिल्लाका सभापतिको समेत सहभागिता थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहीबार  १० : ५४ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा