डिपाएको निर्णायक गोलमा बार्सिलोनाको जित « Khabarhub

डिपाएको निर्णायक गोलमा बार्सिलोनाको जित


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्ट्राइकर मेम्फिस डिपाएको निर्णायक गोलमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ । शनिबार राति भएको खेलमा क्याटलन क्लब बार्सिलोनाले स्पानियोललाई १-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा मेम्फिस डिपेले निर्णायक गोल गरे । खेलको ४८औं मिनेटमा डिपाएले पेनाल्टीमा गोल गरेका हुन् । बाँकी समय दुबै टोलीले केही अवसर बनाएपनी सदुपयोग गर्न सकेनन् ।

जितसँगै मुख्य प्रशिक्षक जाभी होर्नाण्डेजले प्रशिक्षकको रुपमा बार्सिलोनामा सुखद सुरुआत गरेका छन् । बार्सिलोनाका पूर्वखेलाडीसमेत रहेका जाभी गत महिना मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

जितसँगै बार्सिलोनाले १३ खेलमा २० अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । स्पानियोल १७ अंक जोडेर १३औं स्थानमा छ ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ८ : ३६ बजे

रसुवा बाढीपछि कहाँबाट कति सहयोग प्राप्त भयो ?

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीका कारण रसुवा,

मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न

महोत्तरी– मधेसको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न भएको

बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकबाट १५ करोडको राहत, पुनर्स्थापना कार्यक्रम ल्याउने

काठमाडौँ– रसुवामा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित

विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका कारण

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण