डिपाएको निर्णायक गोलमा बार्सिलोनाको जित « Khabarhub

डिपाएको निर्णायक गोलमा बार्सिलोनाको जित


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्ट्राइकर मेम्फिस डिपाएको निर्णायक गोलमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ । शनिबार राति भएको खेलमा क्याटलन क्लब बार्सिलोनाले स्पानियोललाई १-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा मेम्फिस डिपेले निर्णायक गोल गरे । खेलको ४८औं मिनेटमा डिपाएले पेनाल्टीमा गोल गरेका हुन् । बाँकी समय दुबै टोलीले केही अवसर बनाएपनी सदुपयोग गर्न सकेनन् ।

जितसँगै मुख्य प्रशिक्षक जाभी होर्नाण्डेजले प्रशिक्षकको रुपमा बार्सिलोनामा सुखद सुरुआत गरेका छन् । बार्सिलोनाका पूर्वखेलाडीसमेत रहेका जाभी गत महिना मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

जितसँगै बार्सिलोनाले १३ खेलमा २० अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । स्पानियोल १७ अंक जोडेर १३औं स्थानमा छ ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ८ : ३६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र