हत्या अभियोगमा कुवेतकी महिलालाई १० वर्ष जेल « Khabarhub

हत्या अभियोगमा कुवेतकी महिलालाई १० वर्ष जेल


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – घरेलु कामदार यातना दिएर हत्या गरेको अभियोगमा कुवेतकी महिलालाई १० वर्ष जेल सजाय सुनाएको छ ।

कुवेतको फौजदारी अदालतले घरेलु कामदारलाई यातना दिएको अभियोगमा कुवेतकी एक महिलालाई दश वर्ष कैद र उनका श्रीमानलाई एक वर्षको जेल सजाय सुनाएको हो ।

पीडितको कमजोरीको फाइदा उठाउँदै उनीहरूमाथि मानव बेचबिखन, घरेलु कामदारमाथि हिंसा र जबरजस्ती काम लगाएको अभियोगमा मुद्दा दायर गरिएको फौजदारी अदालतलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ ।

कुवेतकी महिलामाथि घरेलु कामदारलाई बारम्बार कुटपिट र यातना दिएर शरीर भरी आगो लगाएको र लामो समयसम्म शरीरमा चोटपटक लगाउने, काम गर्न बाध्य पारेको र हिंसा गरी मृत्यु भएको अभियोग लगाइएको थियो ।

हत्या गरिएकी कामदारबारे केही खुलाइएको छैन भने १० वर्ष जेल सजाय तोकिएकी कुवेतकी महिलाको पनि परिचय गोप्य राखिएको छ ।

कुवेतमा पछिल्लो समय महिला घरेलु कामदारमाथि समयमा पारिश्रमिक नदिने, कुटपिट गर्न, यौन हिंसा तथा करार अवधि सकिए पनि घर नपठाउने गरेको त्यहाँ घरेलु कामदारको रूपमा काम गर्ने नेपाली महिलाहरूले बताउने गरेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  १० : १३ बजे

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले

बजार नपाउँदा मुस्ताङका स्याउ किसान मर्कामा

मुस्ताङ – बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान मर्कामा

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव