पाकिस्तानमा यौन दुर्व्यवहारपछि बालकको पाशविक हत्या « Khabarhub

पाकिस्तानमा यौन दुर्व्यवहारपछि बालकको पाशविक हत्या


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद – पाकिस्तानको सिन्धु प्रान्तमा एक बालकलाई यौन दुर्व्यवहारपछि पाशविक तरिकाले हत्या गरिएको विवरण सार्वजनिक भएको छ । ती बालक शुक्रबार साँझ सिन्धु प्रान्तबाट हराएका थिए । उनको शब शनिबार दिउसो एउटा खाली घरमा फेला परेको थियो ।

गुरु नानकको जन्मजयन्ती मनाउने क्रममा ती बालक हराएका थिए । ‘हामी सबै जना गुरु नानकको जन्म दिनको कार्यक्रममा व्यस्त थियो । बालक कसरी हरायो भन्ने बारेमा पत्तो नै पाएनौ,’बालकका एक आफन्तको भनाई उदृत गर्दै पाकिस्तानी समाचार संस्था एक्सप्रेस ट्रिव्युनले जनाएको छ ।

११ वर्षीय बालकको हत्याअघि उनलाई यौन दुर्व्यवहार भएको एक प्रहरी अधिकारीले बताएका छन् । हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् । सिन्ध प्रान्तमा एक महिनामा बालकको यौन दुर्व्यवहार भएको यो दोस्रो घटना हो ।

पाकिस्तानमा हिन्दू र अन्य अल्पसंख्यक समुदायमाथि बारम्बार यौन दुर्व्यवहार हुने गरेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  १२ : ४५ बजे

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले

बजार नपाउँदा मुस्ताङका स्याउ किसान मर्कामा

मुस्ताङ – बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान मर्कामा

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा