ललितपुरका ७१ वटै वडामा माओवादीले छान्यो सर्वसम्मत नेतृत्व | Khabarhub Khabarhub

ललितपुरका ७१ वटै वडामा माओवादीले छान्यो सर्वसम्मत नेतृत्व


५ मंसिर २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– नेकपा (माओवादी केन्द्र)ले ललितपुरका ७१ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

शनिबार भएको सवै वडाका अधिवेशनबाट वडाका सबै पदमा निर्विरोध नेतृत्व चयन गरिएको केन्द्रीय सदस्य हरि दाहालले जानकारी दिए ।

माओवादीले १० देखि १३ पुससम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्दै छ । शनिबार केही वडाबाहेक देशैभरका वडा अधिवेशन सम्पन्न भएको माओवादीले जनाएको छ ।

कतिपय स्थानमा सर्वसम्मत नेतृत्व चयन भएका छन् भने कतिपय स्थानमा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको सो पार्टीले जनाएको छ ।

माओवादीले ११ मंसिरमा पालिका र २५ मंसिरमा प्रदेश स्तरीय सम्मेलन गर्दै छ ।

ललितपुरका ७१ वटै वडामा सर्वसम्मत नेतृत्व चयन माओवादी केन्द्रले ललितपुरका ६ वटै स्थानीय तहका सबै वडामा नेतृत्व चयन गरेको छ।

शनिबार भएको वडा सम्मेलनले ७१ वटा वडामा नयाँ नेतृत्व चयन गरेको माओवादीका केन्द्रीय सदस्य तथा ललितपुर इन्चार्ज हरि दाहालले बताए । सबै वडामा निर्विरोध रूपमा नेतृत्व चयन भएको उनले बताए।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  १२ : ३१ बजे

तीजले नेपाली समाजको सांस्कृतिक पहिचानलाई जोड्दै लगेको छ : ऊर्जामन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाली समाजको मौलिकता

कुलमानले भने- प्रवासी नेपालीहरू स्वदेश फर्कँदा विमानस्थलमा रातो कार्पेट बिच्छाउनु पर्छ

लिस्बन– युरोपको भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान

सकियो एक महिने गुँला पर्व (तस्बिरहरू)

काठमाडौं– एक महिना लामो गुँला पर्व आज सकिएको छ ।

उपराष्ट्रपति यादव र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादव र समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति

हैजा प्रभावित वीरगन्ज क्षेत्रमा पानी परीक्षणको कार्य तीव्र, मन्त्री यादव स्वयम् परीक्षण स्थलमा

वीरगंज– गत शुक्रबार हैजा रोग पुष्टि भएको वीरगन्ज महानगरपालिकाको हैजा प्रभावित