पर्यटन प्रवर्द्धन गर्न ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ | Khabarhub Khabarhub

पर्यटन प्रवर्द्धन गर्न ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’


६ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्याउने उद्देश्यका साथ सेलिब्रेटी नेपालले माघको अन्तिम साता तीन दिवसीय ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ आयोजना गर्ने भएको छ ।

महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी सर्ट फिल्म, डकुमेन्ट्री र फिचर फिल्मलाई महोत्सवमा सहभागी गराउदै ग्रामीण दर्शकमाझ अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट फिल्मलाई अवार्ड दिइने बताए ।

महोत्सवमा भाषागत फिल्मसँगै मोबाइलबाट खिचिएका फिल्महरुसमेत प्रदर्शन गरिनेछन् । यसबाहेक ग्रामीण परिवेशलाई समेटेर कस्ता फिल्म बनाउन सकिन्छ भन्ने विषयमा पनि अन्तरक्रिया हुनेछ ।

‘महोत्सवमा प्रदर्शन गरिएका फिल्मसँग सम्बन्धित फिल्मकर्मी तथा आम दर्शकबीच अन्तरक्रिया गरिने, गाउँले परिवेशमा फिल्म बनाउने बिषयमा वर्कशप तथा मास्टर क्लासलगायतका कार्यक्रम छन्’, सापकोटाले भने ।

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ११ : २७ बजे

सिड्नीमा ‘महाजात्रा’को कीर्तिमान

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन र लेखन रहेको सुपरहिट चलचित्र ‘महाजात्रा’ले

रिसइबी साँध्न छिमेकीकी तीन वर्षीया नावालिकाको हत्या, आमाछोरी पक्राउ

सिरहा– सिरहामा तीन वर्षीया बालिकाको हत्या आरोपमा प्रहरीले दुई महिलालाई

बागलुङमा एक लाख ३१ हजारभन्दा बढी पशुचौपायालाई खोप

ढोरपाटन– बागलुङमा एक लाख ३१ हजारभन्दा बढी पशुचौपायालाई विभिन्न रोगविरुद्धका

बझाङमा एमाले ३४१ मतले अगाडि, साइपालको करिब हजार मत गन्न बाँकी

बझाङ- बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार