काठमाडौँ- सर्वोच्च अदालत प्रशासनले सर्वोच्च परिसरमा नाराबाजी नगर्न आग्रह गरे पनि त्यसलाई बेवास्ता गर्दै कानुन व्यवसायीले धर्ना दिएका छन् ।
सर्वोच्च प्रशासनले पटक -पटक फोन गरेर कानुन व्यवसायीलाई सर्वोच्च परिसरमा नाराबाजी नगर्न आग्रह गरे पनि धर्नालाई निरन्तरता दिएको सर्वोच्च बारका सचिव ऋषिराम शर्माले बताए ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आन्दोलित छ ।
जबराको राजीनामा माग गर्दै बार गएको १४ कात्तिकदेखि आन्दोलनमा छ ।