गम्भीर मानव अधिकार उल्लंघनका घटनामा आममाफी दिँदैनौँ :  मन्त्री ज्ञवाली « Khabarhub

गम्भीर मानव अधिकार उल्लंघनका घटनामा आममाफी दिँदैनौँ :  मन्त्री ज्ञवाली


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालले मानव अधिकारको गम्भीर उल्लंघनमा आममाफी निदने प्रतिवद्धता जनाएको छ ।

संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषद्को यूपीआर कार्यसमूहको बैठकमा सहभागिता जनाउँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालबारे प्रतिवेदन पेस गर्दै गम्भीर मानव अधिकार उल्लंघनका घटनामा कसैलाई पनि आममाफी नहुँने प्रष्ट पारेका हुन् ।

‘नेपालको शान्ति प्रक्रिया बृहत् शान्ति सम्झौता, सर्वोच्च अदालतको निर्देशनहरू, सान्दर्भिक अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू, पीडितको पीडा र वास्तविक यथार्थबाट निर्देशित छ,’ मन्त्री ज्ञवालीले भने, ‘मानव अधिकार उल्लंघनका गम्भीर घटनामा आम उन्मुक्ति (जनरल एम्नेस्टी) दिइने छैन भन्नेमा सरकार कटिबद्ध छ ।’

यूपीआरमा सो सेसनमा नेपालको राष्ट्रिय प्रतिवेदन पेस गर्दै ज्ञवालीले नेपालमा मानवअधिकारको प्रवर्द्धन र संरक्षणमा गरिएको पहलकदमीबारे जानकारी गराएका छन् ।

मानवअधिकार परिषद् र महिलाविरुद्धका विभेद अन्त्य गर्नेसम्बन्धी समितिमा नेपाललाई दोस्रो कार्यकालका लागि निर्वाचित गर्न सहयोग गर्ने सदस्य राष्ट्रहरुलाई उनले धन्यवाद पनि ज्ञापन गरेका छन् ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ६ : ०२ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल