सरकारले गर्‍यो होटलहरूको वर्गीकरण, यस्तो छ स्टार होटल बन्ने मापदण्ड « Khabarhub

सरकारले गर्‍यो होटलहरूको वर्गीकरण, यस्तो छ स्टार होटल बन्ने मापदण्ड


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले होटलहरूको वर्गीकरण गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले होटल, लज, रेष्टुराँ बार तथा पथ पदर्शक नियमावली २०३८ को व्यवस्था बमोजिम होटलहरूको वर्गीकरण गरेको हो ।

पछिल्लो वर्गीकरणमा होटल, रिसोर्ट, पर्यटन ईन, पर्यटन लज, मोटेल तथा बेड एण्ड ब्रेकफाष्ट(बी एण्ड बी) र मापदण्ड हेरफेर गरिएको छ ।

नयाँ मापदण्डअनुसार होटलले दिने सेवा सुविधा २४सै घण्टा उपलब्ध हुनुपर्नेछ ।

यस्तो स्टार होटलको मापदण्ड

काठमाडौं उपत्यकाका होटललाई कम्तीमा २० देखि बढीमा १५० वटा सुत्ने कोठाका आधारमा वर्गिकरण गरिएको छ ।

पाँच तारा डिलक्स होटलमा १५० कोठा अनिवार्य गरिएको छ । यस्तै ५ पाँच तारास्तरको होटलको न्युनतम मापदण्डमा एक सय कोठा हुनुपर्ने उल्लेख छ । यस्तै चारताराको ८०, तीनताराको ६० वटा सुत्ने कोठा अनिवार्य हुनुपर्ने व्यवस्था नयाँ वर्गीकरणले गरेको छ ।

त्यसरी नै दुई तारास्तरको होटलमा ४० र एकतारामा २० वटा सुत्ने कोठा हुनुपर्नेछ । काठमाडौ बाहिरको होटलको हकमा भने सुत्ने कोठको संख्या क्रमशः १००, ८०, ६०, ४५, ३० र १५ हुनुपर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी  पाँचतारा डिलक्स होटलमा ४० वटा सवारी साधान पार्किङ हुनै पर्ने व्यवस्था गरेको छ । ४० वटा सवारी साधन पार्किङ नभएको होटल पाँचतारा डिलक्सको मापदण्डभित्र पर्दैन । पाँचतारामा २५, चारतारामा, २०, तीनतारामा १५, दुईतारामा १० र एकतारामा ५ वटा सवारी साधान अट्ने हुनुपर्ने जनाइएको छ ।

होटलले कम्पनी दर्ता र सञ्चालन इजाजत पत्र, तारा अंकित प्रमाणपत्र रिसेप्सनमा देखिने गरी राख्नुपर्नेछ भने रिसेप्सनमा बस्ने कर्मचारी नेपाली भाषाका साथै अंग्रेजी राम्रोसँग बोल्न जान्ने हुनुपर्नेछ ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ८ : ०१ बजे

रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न, जात्रा विधिवत् सुरु

ललितपुर – ‘वर्षा र सहकालका देवता’का रूपमा पुजिने रातो मच्छिन्द्रनाथको

जुम्लामा नौ महिनामा २९ प्रतिशत मात्रै पुँजीगत खर्च, विकास आयोजनाको प्रगति कमजोर

जुम्ला– चालु आर्थिक वर्ष २०८२/०८३ को नौ महिनामा जुम्लामा पुँजीगत

सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले सुशासन र समृद्धिका लागि सरकारले काम

सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने देउवा पक्षका नेताहरुको निष्कर्ष

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेताहरुले सर्वोच्च अदालतको

पर्वतको जलजलामा बायो कम्पोष्ट मल उद्योग सञ्चालन

पर्वत– पर्वतको जलजला गाउँपालिका–४ खोलाखेतमा स्थानीयले सामूहिक रूपमा लगानी गरेर