सरकारले गर्‍यो होटलहरूको वर्गीकरण, यस्तो छ स्टार होटल बन्ने मापदण्ड | Khabarhub Khabarhub

सरकारले गर्‍यो होटलहरूको वर्गीकरण, यस्तो छ स्टार होटल बन्ने मापदण्ड


९ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले होटलहरूको वर्गीकरण गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले होटल, लज, रेष्टुराँ बार तथा पथ पदर्शक नियमावली २०३८ को व्यवस्था बमोजिम होटलहरूको वर्गीकरण गरेको हो ।

पछिल्लो वर्गीकरणमा होटल, रिसोर्ट, पर्यटन ईन, पर्यटन लज, मोटेल तथा बेड एण्ड ब्रेकफाष्ट(बी एण्ड बी) र मापदण्ड हेरफेर गरिएको छ ।

नयाँ मापदण्डअनुसार होटलले दिने सेवा सुविधा २४सै घण्टा उपलब्ध हुनुपर्नेछ ।

यस्तो स्टार होटलको मापदण्ड

काठमाडौं उपत्यकाका होटललाई कम्तीमा २० देखि बढीमा १५० वटा सुत्ने कोठाका आधारमा वर्गिकरण गरिएको छ ।

पाँच तारा डिलक्स होटलमा १५० कोठा अनिवार्य गरिएको छ । यस्तै ५ पाँच तारास्तरको होटलको न्युनतम मापदण्डमा एक सय कोठा हुनुपर्ने उल्लेख छ । यस्तै चारताराको ८०, तीनताराको ६० वटा सुत्ने कोठा अनिवार्य हुनुपर्ने व्यवस्था नयाँ वर्गीकरणले गरेको छ ।

त्यसरी नै दुई तारास्तरको होटलमा ४० र एकतारामा २० वटा सुत्ने कोठा हुनुपर्नेछ । काठमाडौ बाहिरको होटलको हकमा भने सुत्ने कोठको संख्या क्रमशः १००, ८०, ६०, ४५, ३० र १५ हुनुपर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी  पाँचतारा डिलक्स होटलमा ४० वटा सवारी साधान पार्किङ हुनै पर्ने व्यवस्था गरेको छ । ४० वटा सवारी साधन पार्किङ नभएको होटल पाँचतारा डिलक्सको मापदण्डभित्र पर्दैन । पाँचतारामा २५, चारतारामा, २०, तीनतारामा १५, दुईतारामा १० र एकतारामा ५ वटा सवारी साधान अट्ने हुनुपर्ने जनाइएको छ ।

होटलले कम्पनी दर्ता र सञ्चालन इजाजत पत्र, तारा अंकित प्रमाणपत्र रिसेप्सनमा देखिने गरी राख्नुपर्नेछ भने रिसेप्सनमा बस्ने कर्मचारी नेपाली भाषाका साथै अंग्रेजी राम्रोसँग बोल्न जान्ने हुनुपर्नेछ ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ८ : ०१ बजे

तीव्र गतिमा विकास हुँदै भारतको खेलौना उद्योग

काठमाडौं– भारतमा खेलौना उद्योगको तीव्र विस्तार भइरहेको पाइएको छ ।

राप्रपा नेपालले बोलायो कार्यसम्पादन समितिको बैठक   

काठमाडौं– राप्रपा नेपालले केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

स्ववियु निर्वाचनबारे त्रिविको १३ बुँदे निर्देशन

काठमाडौं– त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिद्वारा

‘जर्मनी निकट साझेदार भारतसँग सम्बन्ध थप मजबुत बनाउन चाहन्छ’

काठमाडौं– भारतका लागि जर्मन राजदूत फिलिप एकरम्यानले आफ्नो मुलुक भारत

गृहमन्त्री भन्छन्- सदनले सबै अध्यादेश स्वीकृत गर्छ

काठमाडौं– गृहमन्त्री रमेश लेखकले सरकारले जारी गरेको अध्यादेश सदनले स्वीकार