इरानको परामाणु केन्द्रमा राष्ट्र संघका प्रतिनिधिलाई ‘आकस्मिक अनुगमन’ गर्न प्रतिबन्ध « Khabarhub

इरानको परामाणु केन्द्रमा राष्ट्र संघका प्रतिनिधिलाई ‘आकस्मिक अनुगमन’ गर्न प्रतिबन्ध


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इरानले आफ्ना परमाणु केन्द्रमा संयुक्त राष्ट्रसंघको परमाणु अनुगमन गर्ने निकायका प्रतिनिधिलाई ‘आकस्मिक अनुगमन’ मा प्रतिबन्ध लगाउने भएको छ ।

इरानले मङ्गलबार निरीक्षणकर्तालाई दिइने पहुँचसम्बन्धी नीतिलाई परिवर्तन गर्न लागेको बीबीसीले जनाएको छ ।

सन् २०१५ मा भएको एउटा परमाणुसम्बन्धी सम्झौताबाट अमेरिका पछि हटेको तथा प्रतिबन्धहरू कायमै राखेकाले यो कदम चाल्न लागिएको इरानी अधिकारीहरूले जनाएका छन् ।

इरानले परिवर्तन गर्न लागेको नीतिले राष्ट्रसंघीय अनुगमनकर्ताहरूलाई थप तीन महिना आफ्ना परमाणु केन्द्रहरूको सीमित क्षेत्रमा मात्रै अनुगमन गर्न दिने तयारी गरेको छ ।

इरानले सन् २०१५ मा ६ वटा विश्व शक्तिसँग गरेको सम्झौता अनुसार रोकेको उसको परमाणु कार्यक्रम फेरि सुरु गरेको थियो।

इरानले अमेरिका उक्त सम्झौतामा पूर्ण रूपमा नफर्केसम्म आफ्नो कार्यक्रम नरोक्ने बताएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले इरानले पहिले आफ्नो परमाणु कार्यक्रम स्थगित गर्नुपर्ने बताएका छन् । इरानको परमाणु कार्यक्रम झण्डै २० वर्षदेखि अन्तर्राष्ट्रिय मुद्दा बन्दै आएको छ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ९ : २० बजे

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय

प्रधानमन्त्री राष्ट्रसंघमा जान तयार : सरकारले थाल्यो तयारी, भोटेकोशी बाढी र जलवायु परिवर्तन मुख्य मुद्दा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने

बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड

नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन

काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा