मार्सी धान फलाउन छुमचौर पर्यटकीय गन्तव्यको सूचीमा « Khabarhub

मार्सी धान फलाउन छुमचौर पर्यटकीय गन्तव्यको सूचीमा


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खलङ्गा– जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर पर्यटकीय नयाँ गन्तव्यको सूचीमा परेको छ । नेपाल सरकारको २०० पर्यटन गन्तव्यको सूचीमध्येमा विश्वको सबैभन्दा उच्च स्थानमा काली मार्सीधान धान फल्ने छुमचौर जिउलो परेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको पर्यटन गन्तव्यको सूचीमा जुम्लाको छुमचौर पनि परेको हो । पातारासी गाउँपालिकासँगको साझेदारीमा पर्यटकीय गन्तव्यको पूर्वाधार विकास कार्यक्रम सञ्चालन गर्ने गरी पर्यटन गन्तव्यको छनोट गरिएको हो ।

मन्त्रालयले देशभरका २०० स्थानीय तहमा बढीमा तीन वर्षभित्र योजना पूरा हुने गरी २०० वटा गन्तव्य छानेको हो । जुम्लाका एक नगरपालिकासहित सातवटा गाउँपालिकामध्ये पातारासी गाउँपालिका–३ को छुमचौर जिउलो पर्यटन गन्तव्यको सूचीमा परेको छ ।

पर्यटन गन्तव्य सूची छनोट गर्नुका साथै छुमचौर जिउलो र त्यहाँ उत्पादन हुने कालीमार्सी धानको संरक्षण तथा सम्वद्र्धन गर्ने लक्ष्य राखिएको पर्यटन मन्त्रालयले जनाएको छ ।

पर्यटन गन्तव्यका रूपमा छनोट भएको योजना पूरा गर्न गाउँपालिकाले रु ६० लाख र मन्त्रालयले रु एक करोड ४० लाख लागत साझेदारी गर्नेछन् । दुई हजार ८५० मिटर अग्लो स्थानमा मार्सीधान फल्ने भनेर गिनिज बुकमा रेकर्ड भएको छुमचौर जिउलो पातारासी गाउँपालिकामा पर्छ ।

सन् २०१९ मा जग्गा दर्ता गरी २०२१ देखि यो धान रोपाइँ शुरु गरिएको यहाँका स्थानीयवासी बताउँछन् । धान लगाउने समयमा किसान सबै यार्सा टिप्न पाटनमा जाने भएकाले धान लगाउन छाडिएको थियो ।

त्यो समयमा बालबालिका र बूढाबूढी मात्रै घरमा हुने भएकाले केही समय जिउलो बाँझो नै रहेको थियो । जुम्लाको चन्दननाथ भैरवनाथ मन्दिर आसपास रहेको सेरा जिउलोबाट धानको बेर्ना लिएर छुमचौरमा रोपाइँ थालनी भएको इतिहास छ ।

धानबालीमा परिश्रम धेरै गर्नुपर्ने, घेराबारको व्यवस्था नभएको, सिँचाइ अभाव, धान रोपाइँ र पाटनमा यार्सा सङ्कलनको सिजन एउटै पर्ने भएकाले विस्तारै रोपाइँ गर्न छाडिएको स्थानीयवासी अमर बुढाले बताए । पछिल्लो समयमा सो जिउलोमा मार्सी धान रोप्न थालिएको वडाध्यक्ष बिर्खराम बोहोराले बताए ।

गाउँपालिकाले छुमचौरलाई पर्यटकीय गन्तव्य गर्नका लागि आवश्यक बजेट व्यवस्था गरेको गाउँपालिका अध्यक्ष लछिमान बोहोराले बताए । यहाँको २०० रोपनी क्षेत्रफल जमिनमा धान रोप्ने गरिएको छ ।

मन्त्रालयले पर्यटन पूर्वाधार निर्माण तथा पर्यटनउपज विकास साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७७ अनुसार योजना र ती योजना सञ्चालन हुने स्थानीय तह छनोट गरेको हो ।

पातारासी गाउँपालिकाले पनि पर्यटन गन्तव्यमा पर्नसक्ने भन्दै छुमचौर जिउला संरक्षण र प्रवद्र्धनका लागि झण्डै रु आठ करोडको डिपिआर (विस्तृत आयोजना प्रतिवेदन) बनाएकोे प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए । पर्यटन वर्ष २०२० का लागि जुम्लाको डुङ्डुल चैत्य र सिञ्जा उपत्यका केन्द्रीय पर्यटन गन्तव्य सूचीमा परेका थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ११ : ४० बजे

रहबर अन्सारी रास्वपामा प्रवेश, मधेसबाट ‘क्रान्तिको बिगुल’ फुक्ने घोषणा

काठमाडौं – नेकपा माओवादी परित्याग गरेका मधेस प्रदेशका पूर्व सांसद

जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : मेयर दाहाल

काठमाडौं– चितवन भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आफू जुनसुकै भूमिका

सुदूरपश्चिम प्रदेशसभा सदस्यबाट डा. जोशीको राजीनामा

गोदावरी– सुदूरपश्चिम प्रदेशसभा सदस्य डा तारा जोशीले प्रदेशसभा सदस्यबाट राजीनामा

स्वागत र पत्रकार बुढाथोकी राप्रपामा, एकजना प्रत्यक्ष चुनाव लड्दै, अर्का समानुपातिक सूचीमा

काठमाडौं- अधिवक्ता तथा पत्रकार स्वागत नेपाल र अर्का आर्थिक पत्रकार

बागमती प्रदेशसभा सदस्य दुलालले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभा सदस्य युवराज दुलाल (शरद) ले आज प्रदेशसभा