जुम्लामा प्रभु बैंकको शाखा कार्यालय सञ्चालन « Khabarhub

जुम्लामा प्रभु बैंकको शाखा कार्यालय सञ्चालन


१० फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा फागुन १० देखि जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नं. ०६ मा २१३ औँ शाखा खोली सञ्चालनमा ल्याएको छ।

बैंकको जुम्लामा शाखा कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथि चन्दननाथ नगरपालिकी मेयर कान्तिका सेजुवालले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरूमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रूपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताइन्।

यसै गरी, प्रभुको अभियानले देशभरि नै बैंकिङ्ग पहुँचमा वृद्धि भएको र समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै बैंकलाई सफलताको शुभकामना व्यक्त गरिन्।

बैंकको जुम्ला शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा सङ्घ संस्थाहरूले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने छन्। र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्धि भई स्थानीय स्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ्ग प्रणालीमा प्रवेश गर्नेछ।

साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा जुम्ला शाखा कार्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ३ : १२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै