किसानको संरक्षण गर्ने गरी वैदेशिक लगानी आवश्यक छ : मन्त्री अर्याल « Khabarhub

किसानको संरक्षण गर्ने गरी वैदेशिक लगानी आवश्यक छ : मन्त्री अर्याल


९ चैत्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले साना किसानहरुको संरक्षण गर्ने गरी कृषिमा वैदेशिक लगानी ‘एफडीआई’ आवश्यक रहेको बताएकी छिन् ।

खाद्यका लागि कृषि अभियानले आज आयोजना गरेको ‘कृषि विकासका समसामायिक सवालहरू’ विषयक छलफलमा आफूले लगानी गर्न नसकेको कृषि क्षेत्रमा मात्र ‘एफडीआई’ लागू गर्न आवश्यक रहेको बताइन् ।

वैदेशिक लगानी भित्र्याउने सन्दर्भमा चिन्ता चासो व्यक्त गर्नु स्वभाविक कुरा भएको भन्दै उहाँले धेरै आशङ्का गरेर विकासका कामहरु रोक्ने कुरा राम्रो नहुने बताइन् ।

“हाम्रो सामथ्र्यले मात्र भेटेन भने कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याएर जानुपर्छ”, मन्त्री अर्यालले भनिन्, “तर हामीलाई नोक्सान नहुने र हाम्रा किसानहरुलाई पनि प्रोत्साहन हुनेगरी जानुपर्छ, वैदेशिक लगानीका सन्दर्भमा चिन्ता गर्नु राम्रो कुरा हो तर धेरै आशङ्का गरेर विकासका काम रोक्ने कुरा राम्रो होइन ।”

उनले सरकारले साना किसानलाई मार्ने गरी विदेशी लगानी भित्र्याएको नभएर उनीहरूको संरक्षण गर्न ल्याएको उल्लेख गर्दै ठूला–ठूला देशमा पनि एफडीआई लागू भएको छ र कृषिको विकास भएको छ, कृषि क्षेत्रको विकासका लागि नेपालमा ठूलो लगानीको जरुरी बताइन् ।

मन्त्री अर्यालले यो मौसमसम्मका लागि सरकारले मलको व्यवस्था गरेको र अब मलको तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानका निम्ति योजना बनाएर तयारी गरेको जानकारी दिइन् ।

उनले त्यसका लागि सरकार मल कारखाना बनाउने दिशामा अगाडि बढेको र कारखाना निर्माण गर्न केही समय लाग्ने देखिएकाले अहिलेको समस्या समाधान गर्नका लागि सातै प्रदेशमा आवश्यक विवरण माग गरिएको समेत बताइन् ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ९ : ३५ बजे

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत