गौतम बुद्धको एक प्रेरक प्रसङ्ग « Khabarhub

गौतम बुद्धको एक प्रेरक प्रसङ्ग


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुद्धले २९ वर्षको उमेरमै दुःखबाट मुक्ति प्राप्त गर्ने उपाये खोज्ने उद्देश्यले आफ्नो परिवार छोडिदिएका थिए ।

३५ वर्षको उमेरमा उनले उपाय भेटे । त्यसपछिका ४५ वर्षसम्म उनले आफ्नो विचारको प्रचार गरे ।

आफ्नो अन्तिम समयमा उनी एउटा रुखमुनि पल्टिएर मृत्युको प्रतीक्षा गर्न थाले ।

गाउँलेहरु भगवान् भएको रुखनिर आउन थाले र उनको अन्तिम दर्शन गरेर धन्य भइरहे । त्यहीबेला एक व्यक्ति आफ्नो जिज्ञासा लिएर आए ।

भगवानले उनलाई आफ्नो जिज्ञासा लिएर आए । भगवानले उनलाई आफ्नो नजिक बोलाए । ती व्यक्तिले आफ्ना दुई हात जोडेर मुक्ति पाउने मार्ग बताइदिन अनुरोध गरे ।

बुद्धले भने— बाँचेकै समयमा जन्म–मरणबाट मुक्ति प्राप्त गर्न चाहन्छौ भने सधैँ तीनवटा कुराको याद गर र यसको अमल गर । पहिलो, यथासम्भव पापहरुबाट बच । दोस्रो, जीवनमा जति पुण्य कर्म गर्न सक्छौ गर र तेस्रो, आफ्नो चित्र निर्मल राख ।

यी अन्तिम शब्दका साथ भगवान् बुद्धले आफ्ना प्राण त्याग गरे ।

साभार : ‘महान् व्यक्तिका प्रेरक प्रसङ्गहरु’ किताबबाट

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  ५ : १३ बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन