कीर्तिमानी खेलाडी कुशल चौथो खेलमा १६ रनमा आउट « Khabarhub

कीर्तिमानी खेलाडी कुशल चौथो खेलमा १६ रनमा आउट


९ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – डेब्युपछि लगातार तीन खेलमा अर्धशतक प्रहार गरेर विश्व कीर्तिमान बनाएका कुशल भुर्तेल चौथो खेलमा भने १६ रनमा आउट भएका छन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा मलेसियाविरुद्धको खेलमा कुशल १२ बलमा १६ रन बनाएर आउट हुन पुगे ।

उनले २ छक्का प्रहार गरेका थिए । मोहम्मद वाफिकको बलिङमा सियद अजिजले उनलाई क्याच आउट गरेका हुन् ।

पहिलो खेलमा नेदरल्याड्सविरुद्ध कुशलले ६२, दोस्रो खेलमा मलेसियाविरुद्ध ६१ र तेस्रो खेलमा नेदरल्याण्ड्विरुद्ध पनि ६२ रन बनाएका थिए ।

डेब्युपछि लगातार तीन खेलमा अर्धशतक बनाएर विश्व कीर्तिमान बनाएका कुशल आइसिसीको ब्याटिङ वरियतामा एक सय स्थानभित्र पनि अटाएका छन् ।

मलेसियाविरुद्ध खेलिरहेको नेपाल फाइनल पुगिसकेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहीबार  २ : १९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना