शरणार्थी शिविरमा अभिनेता दीलिप र रमितको सहयोग « Khabarhub

शरणार्थी शिविरमा अभिनेता दीलिप र रमितको सहयोग


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेताद्वय दीलिप रायमाझी र रमित ढुंगानाले मोरङको पथरी–शनिश्चरेमा रहेको भुटानी शरणार्थी शिविरका १७ सय घरधुरीलाई खाद्यान्न सहयोग गरेका छन् ।

नेपालबाट अमेरिका पुगेका भुटानी शरणार्थीको समूहले सञ्चालन गरेको इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकामार्फत उनीहरुले सहयोग गरेका हुन् ।

फाउण्डेसनका नेपाल कार्यकारी निर्देशक दीलिपले प्रतिव्यक्ति १० केजी चामल, १ किलो नुन, १ लिटर तेल र १ किलो दालको दरले खाद्यान्न सहयोग गरिएको बताए । उनका अनुसार फाउन्डेसनले गत वर्ष पनि करीब १ करोड २४ लाख नगदसहित खाद्यान्न वितरण गरेको थियो ।

फाउन्डेसनले हरेक महिना शिविरमा रहेका ८० वर्ष नाघेका वृद्धवृद्धालाई वृद्धभत्ता र अशक्त व्यक्तिलाई अशक्त भत्ता दिने तयारी गरेको छ ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ३ : ३० बजे

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित