परिवारका कारण पलायन भइन् अमिषा « Khabarhub

परिवारका कारण पलायन भइन् अमिषा


८ जेठ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री अमिषा पटेलले सन् २००० मा ऋतिक रोशनका साथ फिल्म ‘कहो ना प्यार हे’बाट आफ्नो करियरको धमाकेदार सुरुवात गरिन् । यो फिल्मले बक्सअफिसमा आफूलाई हिट साबित गरेको थियो ।

उनको दोस्रो फिल्म ‘गदर एक प्रेम कथा’को सफलताले उनी फिल्म उद्योगको ठूलो स्टार नै बनिन् । यही बेला उनी र आफ्नो परिवारबीच खटपट भएको समाचार सार्वजनिक भएको थियो ।

एबीपी लाइभका अनुसार अमिषाले एक अन्तरवार्तामा आफ्नो कमाईलाई पिताले गलत रुपमा प्रयोग गरेको बताएकी थिइन् । जसको असर उनको करियरमा पर्न थाल्यो ।

केही व्यक्तिले अमिषा एक प्रख्यात निर्देशकसँग सम्बन्धमा रहेको र त्यो सम्बन्ध आमाबाबुलाई मननपराएको बताउदै आएका थिए । यही कारण अमिषाले पितामाथि आरोप लगाएपछि उनलाई आमाबाबुले घरबाट निकालिदिएका थिए ।

एकदिन अमिषाले पत्रकार सम्मेलन गरेर आमाले आफूलाई चप्पलले हिर्काएर घरबाट निकालेको आरोप लगाइन् । तर यसपटक भने उनको हिस्सामा नकारात्मक प्रचारप्रसार सुरु भयो । यो घटनापछि उनको करियर सकियो ।

जसकारण उनले न त काम नै पाइन्, न त परिवार नै । दुवै कुरा नभएपछि उनी प्रेमबाट पनि पछाडि पारिन् ।

प्रकाशित मिति : ८ जेठ २०७८, शनिबार  ७ : ४५ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान