‘असल कम्युनिष्टबीच एकता आवश्यक’ « Khabarhub

‘असल कम्युनिष्टबीच एकता आवश्यक’


६ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनले माओवादी केन्द्रका नेतृत्वमा कम्युनिष्ट पार्टी बनाउन लागिएको जानकारी दिएका छन् ।

वाइसीएल सूर्यविनायक नगर भेलालाई शनिबार सम्बोधन गर्दै उनले कम्युनिष्टहरूलाई एकताबद्ध बनाउने जिम्मेवारी आफ्नो पार्टीको भएको बताए ।

उनले भने, “नेपालमा कम्युनिष्ट एकता जरुरी थियो, आज पनि छ, एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकताको दुरुपयोग गर्नुभयो, अब असल कम्युनिष्टबीच एकता आवश्यक छ, सम्भव पनि छ, अब माओवादी केन्द्र एकताको झण्डा बोकेर जनताबीच जान्छ र कम्युनिष्ट एकता सफल पार्छौँ ।”

अहिले संविधान, लोकतन्त्र, गणतन्त्र, धर्म निरेपक्षता तथा समावेशितालाई जोगाउन कम्युनिष्ट र नेपाली कांग्रेसका बीचमा एकता भएको उनको भनाइ थियो ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलीप प्रजापति, अर्का केन्द्रीय सदस्य एवं वाइसीएल नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा, जिल्ला अध्यक्ष डिपी ढकाल, बागमती प्रदेश सदस्य प्रतिमा श्रेष्ठ, वाइसीएल नेता कसम गुरुङ, दिनेश थपलिया, सविन आचार्य, नरेश वाइवा, नरेश रञ्जितलगायतले वाइसीएल देश बनाउन लाग्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  १० : १० बजे

चीन-नेपाल सांस्कृतिक उत्पादन बिक्री केन्द्र काठमाडौंमा स्थापना

काठमाडौं– चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औं

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण