तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन | Khabarhub Khabarhub

तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन


६ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दमौली- तनहुँ जिल्ला कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई स्वास्थ्य परीक्षणका लागि समस्या भएको छ ।

कारागारमा रहेका स्वास्थ्यकर्मी समायोजन भएर स्थानीय तहमा गएपछि कारागारमा नयाँ स्वास्थ्यकर्मी नआउँदा उनीहरुले नियमित स्वास्थ्य परीक्षण गर्न नपाएका हुन् ।

विसं २०७६ असोजदेखि कारागार स्वास्थ्यकर्मीविहीन छ । अहेवको दरबन्दी रहेको कारागारमा स्वास्थ्यकर्मीको व्यवस्था नहुँदा सामान्य स्वास्थ्य समस्या आउँदा पनि दमौली अस्पतालसम्म लैजानुपर्ने बाध्यता रहेको कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिए ।

“यहाँ कार्यरत स्वास्थ्यकर्मी म्याग्दे गाउँपालिकामा सरुवा भएपछि दुई वर्षदेखि कारागार स्वास्थ्यकर्मीविहीन बनेको छ । यसले कैदीबन्दीको नियमित स्वास्थ्य परीक्षणमा समस्या भइरहेको छ”, उनले भने, “अन्यत्रसम्म लैजानुपर्छ, कारागारको सवारी छैन, हत्कडी लगाएर हिँडेर जान कैदीबन्दी अप्ठ्यारो मान्छन् ।”

कारागारमा हाल १११ थुनुवा र १७५ कैदीबन्दी गरी २८६ छन् । कारागारमा नयाँ भवन बनेकाले कैदीबन्दी राख्न सहज भएको छ ।

“गर्मी, चिसो मौसममा कैदीबन्दी बिरामी भइराख्छन्, कारागारमै स्वास्थ्यकर्मीको दरबन्दी पूर्ति हुनसके सहज हुन्थ्यो”, उनले भने, “सम्बन्धित निकायमा पटक–पटक यसबारेमा जानकारी गराएका छौँ ।”

कारागार व्यवस्था विभाग र प्रमुख जिल्ला अधिकारीलाई यसबारेमा जानकारी गराइए पनि हालसम्म केही सम्बोधन नभएको कारागारले जनाएको छ ।

“करारमा राख्नका लागि कारागारसँग बजेट छैन, स्थायी कर्मचारीलाई नै पठाउन विभागमा अनुरोध गरेका छौँ”, उनले भने ।

कारागारमा गत वर्ष नयाँ भवन निर्माण भएकाले त्यसयता कैदीबन्दीमा छाला रोगको समस्या भने नदेखिएको उनले बताए  । पर्याप्त खानेपानीको व्यवस्था भएकाले कैदीबन्दीले सरसफाइमा ध्यान दिएका छन् ।

“विगतका वर्षहरुमा खानेपानीको अभावले कैदीबन्दीलाई छालाको समस्या देखिन्थ्यो, शौचालय जान पनि पालो पर्खनुपर्ने बाध्यता थियो, तर अहिले त्यस्तो समस्या समाधान भएको छ”, उनले भने ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ९ : ५५ बजे

भारतीय पर्यटकले पाँच हजार डलर बराबरको भारतीय रुपैयाँ ल्याउन पाउने

वीरगञ्ज– नेपाल राष्ट्र बैंकले भारतीय नागरिकले नेपाल भ्रमणका क्रममा पाँच

अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट ५४५ कायम

चितवन – चाडपर्व सुरु भएसँगै अण्डा खपत बढेको छ ।

बर्डफ्लू रोकथामका लागि सीमा क्षेत्रमा उच्च सतर्कता

कञ्चनपुर– बर्डफ्लु भित्रिन नदिन कञ्चनपुरको सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको

ओली सरकार : एक कदम अगाडि, दुई कदम पछाडि

काठमाडौं– सरकारले साउन २० गते देशभरका सवारी साधनहरूमा इम्बोस्ड नम्बर