कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंगिएको दाबी, देउवालाई प्रतिवदेन बुझाइँदै « Khabarhub

कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंगिएको दाबी, देउवालाई प्रतिवदेन बुझाइँदै


६ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगिएको नेताहरुले दाबी गरेका छन् ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकले क्रियाशील सदस्यतामा देखिएका विवाद समाधान गरेको दाबी गरेका छन् ।

भदौ ३ भित्र क्रियाशील विवाद टुंग्याउनुपर्ने जिम्मेवारी लिएका उनीहरूले शनिबार बेलुकी विवाद टुंग्याएको जनाएका छन् । विवाद समाधान  प्रतिवेदन आज अपराह्न ५ बजे सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तयारी भएको छ ।

बारा, सप्तरीलगायत छ जिल्लासहित एक सय वडामा रहेको  क्रियाशील सदस्यताका विवाद सहमति टुंग्याइएको नेता रमेश लेखकले जानकारी दिए । क्रियाशील सदस्यता विवादकै कारण पटक/पटक सारिएको कांग्रेसको महाधिवेशन मंसिर ९-१३ गतेसम्म गर्ने तय भएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ८ : ५५ बजे

चीन-नेपाल सांस्कृतिक उत्पादन बिक्री केन्द्र काठमाडौंमा स्थापना

काठमाडौं– चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औं

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण