पायल्स हुने कारण ? यस्ता छन् निको पार्ने घरेलु उपाय | Khabarhub Khabarhub

पायल्स हुने कारण ? यस्ता छन् निको पार्ने घरेलु उपाय


६ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

गुद्वारको बाहिरी र भित्री भागमा मुसाजस्तो मासु पलाउने रोग हो पायल्स । यी मुसाबाट थुप्रैपटक रगत निस्कन्छ र पीडा पनि हुने गर्दछ । कहिले काँही बल लगाउँदा यी मुसा बाहिर निस्कने गर्दछन् । यसलाई खानपिन, जीवनशैली र उपचारबाट निको पार्न सकिन्छ ।

पायल्स हुने कारण
– पायल्स हुने सबैभन्दा ठूलो कारण हो कब्जियत । पेट राम्रोसँग सफा नभए यो हुने गर्दछ ।
– धेरै बेरसम्म बसिरहनुपर्ने कामले पनि पायल्सको समस्या हुनसक्छ ।

– गर्भावस्थाको क्रममा पाचन समस्या हुदाँ थुप्रै महिलालाई पायल्सको समस्या हुने गर्दछ ।
– धुम्रपान, मद्यपान, जंक फूडजस्ता खानेकुराले पाचन क्रिया बिग्रन्छ र पायल्स हुने गर्दछ ।
– परिवारमा कसैलाई समस्या छ भने आउने पीढिलाई पनि यो हुने सम्भावना हुन्छ ।

घरेलु उपाय
– घ्यूमा भुटेको नीमका कलिला पातमा थोरै कपुर हाल्ने र पायल्सको मासुमा लगाउने ।

– कालोमरिच र कालो जिराको पाउडर आधा चम्चा दैनिक महसँगै खाँने ।

– लौकाको पातलाई पिसेर पायल्सको मासुमा नियमित लगाए फाइदा मिल्छ ।

– पानीसंग पिसेको तुलसीको पातको लेप लगाउँदा पायल्सयको जलनबाट राहत हुन्छ ।

– तुलसीको लेप लगाउँदा पायल्समा पलाएको मासु पनि बिस्तारै ठिक हुन्छ ।

– रातभर माटोको भाडामा राखेको अमला पाउडरको झोल बिहान मिश्री मिसाएर पिउने ।

– मसिनो आँचमा भुटेको प्याजको पेस्ट मासु पलाएको ठाउँमा लगाउँदा फाइदा हुन्छ ।

– चियाको पत्ती पिसेर पेस्ट बनाउने र त्यसलाई तातो बनाएर मासु पलाएको ठाउँमा लगाउँदा केही दिनमा मासु सुक्छ ।

– एक मुट्ठी कालो तिल एक कचौरा दहिसँग दैनिक खाँदा रगत आउने पायल्स ठिक हुन्छ ।

– मेहेन्दीको पातलाई पानीमा पिसेर लगाउँदा केही दिनमा पलाएको मासु सुक्ने गर्दछ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ११ : ५३ बजे

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालनमा

हेटौँडा– हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको त्रिभुवन राजपथ सडक सञ्चालनमा आएको

कुशे औँसी :  संस्कार, श्रद्धा र सामाजिक शिक्षा

नेपालको सांस्कृतिक जीवन सदैव विविध पर्व र परम्पराले समृद्ध रहेको

प्रधानमन्त्री ओलीबाट कुशे औँसीको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुबाको मुख हर्ने दिन भाद्र

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय