काठमाडौँ महानगरले चलायो 'एक शिक्षक, एक ल्यापटप' अभियान | Khabarhub Khabarhub

काठमाडौँ महानगरले चलायो ‘एक शिक्षक, एक ल्यापटप’ अभियान


६ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरको कन्या मन्दिर माद्यमिक विद्यालयका शिक्षकहरूलाई ल्यापटप दिइएको छ ।

‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रमअन्तर्गत आज विद्यालयका २७ जना शिक्षकलाई ल्यापटप दिइएको हो ।

वडाध्यक्षहरू नीलकाजी शाक्य र नविन मानन्धर तथा महानगरका शिक्षा अधिकृत मोतीराज खनालले संयुक्त रुपमा ल्यापटप वितरण गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि वडा २५ का अध्यक्ष शाक्यले शिक्षकहरूसँग भने, ‘विद्यालयमार्फत रचनात्मक कार्यक्रम महानगरमा ल्याउनोस् । तपाईँहरूका कार्यक्रममा बारेमा हामी महानगरमा छलफल चलाउँछौँ । महानगरका शैक्षिक कार्यक्रम अन्य पालिकाका लागि अनुकरण योग्य हुनुपर्छ ।’

प्रविधिमैत्री सिकाइका लागि शिक्षकहरूले ल्यापटप प्राप्त गर्नु कार्यक्रमको पहिलो चरण हो । कार्यक्रममा वडा १७ का अध्यक्ष नविन मानन्धरले, शिक्षण सिकाइका लागि शिक्षकलाई निशर्त सामाग्री तथा उपकरण दिइनु पर्ने र मोवाइल वा ल्यापटप किन्न नसक्ने विद्यार्थीका बारेमा पनि सोच राख्नुपर्ने बताए ।

यसरी वितरण गरिएका ल्यापटप सम्बन्धी प्राविधिक ज्ञानका लागि हामीले तालिम आयोजना गर्नेछौँ । कार्यक्रममा शिक्षा अधिकृत खनालले, चालु आर्थिक बर्षको कार्यक्रममा महानगरले शिक्षकका लागि ल्यापटप खरिद गर्न बजेट विनियोजन गरेको जानकारी दिए । आज वितरण गरिएका ल्यापटप राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, महानगरको केन्द्रीय बजेटबाट प्राप्त रकम र विद्यालयको आन्तरिक आयबाट प्राप्त रकमबाट खरिद गरिएका हुन् ।

ल्यापटप वितरण कार्यक्रममा शिक्षक संघकातर्फबाट नारायण गौत्तम, अखिल नेपाल शिक्षक संगठनकातर्फबाट डिल्लीराज शर्मा, एकीकृत शिक्षक संगठनकातर्फबाट बाबुराम घिमिरेले धारणा राख्दै, लक्षित समूहका अभिभावकलाई मोवाइल वा ल्यापटपको पहुँच बढाउने कार्यक्रम ल्याउनु पर्ने बताए ।

सामुदायिक विद्यालयका शिक्षक प्रविधिमैत्री हुनु शैक्षिक गुणस्तरको एउटा सूचक हो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्पमान मानन्धरले शैक्षिक सुधारमा परिणाम देखिन थालेको बताए ।

‘शिक्षकहरूमा आफैँ सिक्ने र विद्यार्थीलाई सिकाउने व्यवहार बढेको छ । यसलाई संस्थागत बनाउने प्रयासमा छौँ’ कन्या मन्दिरका निमित्त प्रधानाध्यापक बद्रीनाथ भट्टराईले शिक्षकहरूसँग भने ।

विद्यालयले यस अघि इजी एप्लिकेसन प्रयोगमा ल्याइसकेको छ ।

व्यवस्थापन समितिमा शिक्षकको प्रतिनिधित्व गर्ने घनश्याम न्यौपानेले प्रविधिको उपयोगमा विगत अभ्यासकाबारे जानकारी गराए ।

यस अघि वडा ६ को जनकल्याण माद्यमिक विद्यालय बौद्ध महाङ्कालका ३१ जना शिक्षकलाई ल्यापटप दिइसकेको छ ।

प्रधानाध्यापक कुमारी कमला राई भन्छिन्, ‘३१ जनालाई दिँदा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, महानगरको केन्द्रीय बजेट, बौद्धनाथ क्षेत्र विकास समिति र आन्तरिक आय मिलाएर खरिद गरेका थियौँ । बाँकी शिक्षकलाई दिन थप सहयोग चाहिएको छ ।’

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  १ : ५९ बजे

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

चितवन– अत्यधिक गर्मी बढेसँगै अण्डाको उत्पादन घटेपछि माग बढेर मूल्यवृद्धि

इजरायली आक्रमणमा मारिए १४ इरानी वैज्ञानिक, आणविक कार्यक्रमलाई धक्का !

तेलअभिभ – इजरायलले इरानका कम्तीमा १४ जना परमाणु वैज्ञानिकको हत्या

दाङको शान्तिनगर गाउँपालिकाले विद्युत महसुल तिरिदिने

दाङ– दाङको शान्तिनगर गाउँपालिकाले पालिकाबासीको विद्युत् महसुल तिरिदिने भएको छ

क्लब विश्वकप : म्युनिखलाई हराउँदै बेनफिका दोस्रो चरणमा

काठमाडौं – बेनफिकाले वायरन म्युनिखलाई १-० ले हराउँदै फिफा क्लब

एक सय रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीखेती

तनहुँ– तनहुँको भिमाद नगरपालिका– ९ को भानुमति जौपानीको एक सय