६ महानगरपालिकाको बेरुजु ४ अर्ब ६३ करोड, सबैभन्दा बढी काठमाडौँ महानगरको ११.८६ प्रतिशत | Khabarhub Khabarhub

६ महानगरपालिकाको बेरुजु ४ अर्ब ६३ करोड, सबैभन्दा बढी काठमाडौँ महानगरको ११.८६ प्रतिशत


६ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशभरका महानगरपालिकामध्ये सबैभन्दा बढी काठमाडौँ महानगरको बेरुजु देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत आर्थिक वर्ष काठमाडौँ महानगरपालिको झण्डै २ अर्ब रकम बेरुजु देखिएको छ ।

महालेखाले लेखापरीक्षण गरेको १६ अर्ब ३६ करोड रकमबाट ११.८६ प्रतिशत बेरुजु देखिएको हो । जुन, जम्मा लेखापरीक्षण रकमको १ अर्ब ९४ करोड १२ लाख हो ।

काठमाडौँपछि वीरगञ्ज महानगरपालिकाको बेरुजु धेरै देखिएको छ । ९ अर्ब १६ करोड लेखा परीक्षण रकममध्ये ७५ करोड ६७ लाख रकम बेरुजु देखिएको हो । जुन ८.२६ प्रतिशत रकम हो ।

त्यस्तै वीरगञ्जपछि पोखरा महानगरपालिकाको बेरुजु रकम धेरै रहेको छ ।

पोखरा महानगरको ९ अर्ब ५१ करोड २५ लाख लेखा परीक्षण रकममध्ये ७० करोड ५७ लाख रकम बेरुजु देखिएको छ । यो रकम लेखा परीक्षण गरिएको रकमको ७.४२ प्रतिशत हो ।

त्यससँगै ललितपुर महानगरपालिको बेरुजु पनि बढेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

९ अर्ब ३१ करोड ६४ लाख लेखा परीक्षण रकमबाट ६७ करोड ३० लाख रकम बेरुजु देखिएको छ । जुन जम्मा लेखा परीक्षण गरिएको रकमको ७.२२ प्रतिशत हो ।

त्यस्तै विराटनगर महानगरको बेरुजु ३.४१ प्रतिशत रहेको छ भने भरतपुर महानगरको बेरुजु २.०२ प्रतिशत रहेको छ ।

हालसम्म ६ महानगरपालिको ६२ अर्ब ८७ करोड ५६ लाख लेखा परीक्षण रकममध्ये यसवर्षको बेरुजु ४ अर्ब ६३ करोड ८४ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै हालसम्म ६ वटै महानगरको १२ अर्ब २९ करोड ४१ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  २ : ३१ बजे

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज