६ महानगरपालिकाको बेरुजु ४ अर्ब ६३ करोड, सबैभन्दा बढी काठमाडौँ महानगरको ११.८६ प्रतिशत « Khabarhub

६ महानगरपालिकाको बेरुजु ४ अर्ब ६३ करोड, सबैभन्दा बढी काठमाडौँ महानगरको ११.८६ प्रतिशत


६ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशभरका महानगरपालिकामध्ये सबैभन्दा बढी काठमाडौँ महानगरको बेरुजु देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत आर्थिक वर्ष काठमाडौँ महानगरपालिको झण्डै २ अर्ब रकम बेरुजु देखिएको छ ।

महालेखाले लेखापरीक्षण गरेको १६ अर्ब ३६ करोड रकमबाट ११.८६ प्रतिशत बेरुजु देखिएको हो । जुन, जम्मा लेखापरीक्षण रकमको १ अर्ब ९४ करोड १२ लाख हो ।

काठमाडौँपछि वीरगञ्ज महानगरपालिकाको बेरुजु धेरै देखिएको छ । ९ अर्ब १६ करोड लेखा परीक्षण रकममध्ये ७५ करोड ६७ लाख रकम बेरुजु देखिएको हो । जुन ८.२६ प्रतिशत रकम हो ।

त्यस्तै वीरगञ्जपछि पोखरा महानगरपालिकाको बेरुजु रकम धेरै रहेको छ ।

पोखरा महानगरको ९ अर्ब ५१ करोड २५ लाख लेखा परीक्षण रकममध्ये ७० करोड ५७ लाख रकम बेरुजु देखिएको छ । यो रकम लेखा परीक्षण गरिएको रकमको ७.४२ प्रतिशत हो ।

त्यससँगै ललितपुर महानगरपालिको बेरुजु पनि बढेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

९ अर्ब ३१ करोड ६४ लाख लेखा परीक्षण रकमबाट ६७ करोड ३० लाख रकम बेरुजु देखिएको छ । जुन जम्मा लेखा परीक्षण गरिएको रकमको ७.२२ प्रतिशत हो ।

त्यस्तै विराटनगर महानगरको बेरुजु ३.४१ प्रतिशत रहेको छ भने भरतपुर महानगरको बेरुजु २.०२ प्रतिशत रहेको छ ।

हालसम्म ६ महानगरपालिको ६२ अर्ब ८७ करोड ५६ लाख लेखा परीक्षण रकममध्ये यसवर्षको बेरुजु ४ अर्ब ६३ करोड ८४ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै हालसम्म ६ वटै महानगरको १२ अर्ब २९ करोड ४१ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  २ : ३१ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक