मोटरसाइकलको ठक्करबाट एकको मृत्यु « Khabarhub

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु


६ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा-  पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–६ मा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

स१०प ४२४७ नंको मोटरसाइकलले ठक्कर दिँदा तत्काल सनाखत हुन नसकेको अन्दाजी १७ वर्षीय किशोरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पैदल हिँडिरहेका ती किशोरलाई मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैबीच रोल्पामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा रोल्पा नगरपालिका–२ धनमुढा निवासी ५५ वर्षीय खड्कबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

सुनिलस्मृति गाउँपालिका–१ सेरास्थित रा६प ८८६६ नंको मोटरसाइकल दुर्घटना भएको प्रहरी प्रमुख सुवेदीले बताए ।

रोल्पाको सदरमुकाम लिबाङबाट प्यूठान जाँदै गरेको उक्त मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए ।

मोटरसाइकल चालक गङ्गाराम डाँगी घाइते भएको प्रहरी बताएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७८, आइतबार  ७ : ३० बजे

काठमाडौंमा वायु प्रदूषण बढ्यो : एक्युआई

काठमाडौं– काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । वर्षात्

पन्ध्र शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण

तनहुँ– यहाँस्थित व्यास नगरपालिका–१० दुम्सीबजारमा १५ शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण

सुनचाँदीको मूल्य आज पनि घट्यो, कतिमा भइरहेको छ ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

पर्यटकको अभावमा वनकरिया बस्तीको ‘होमस्टे’ बन्द

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–४ मुसेधापस्थित लोपोन्मुख वनकरिया बस्तीको घरवास ‘होमस्टे’