जेसिज सप्ताह शनिबारदेखि, बाइक रेसदेखि साइकल यात्रासम्मका कार्यक्रम « Khabarhub

जेसिज सप्ताह शनिबारदेखि, बाइक रेसदेखि साइकल यात्रासम्मका कार्यक्रम


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – शनिबारदेखि यहाँ जेसिज सप्ताह सुरु हुँदैछ । बागलुङ जेसिजले बिहीबार पत्रकार भेटघाटमार्फत यस्तो जानकारी गराएको हो । सप्ताहअन्तर्गत पहिलो दिन उद्घाटन समारोहसहित युवा सम्मान र मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुनेछ ।

सप्ताहको दोस्रो दिन आइतबार स्व सत्यदेवी स्मृति ‘स्लो बाइक रेस’, यही कात्तिक ८ गते बैंकर्स करियर तालिम, ९ गते साइकल यात्रा, १० गते प्रभावकारी सार्वजनिक भाषण कला तालिम र ११ गते माध्यमिक विद्यालयस्तरीय नृत्य प्रतियोगिता राखिएको छ ।

त्यसैगरी १२ गते स्व प्रगति स्मृति वक्तृत्वकला प्रतियोगितासहित, पुरस्कार वितरण र समापन समारोह हुने सप्ताहका मूल संयोजक अमरबहादुर थापाले जानकारी दिए । जेसिजले वर्षेनी सप्ताहको आयोजना गर्ने गर्दछ ।

अघिल्लो वर्ष कोभिड–१९ का कारण भर्चुअल माध्यमबाट जेसिज सप्ताह मनाइएको थियो । जेसिजकर्मीले सप्ताहलाई वार्षिक पर्वका रूपमा लिन्छन् । रचनात्मक र सिर्जनशील कार्यक्रममार्फत समाजलाई सकारात्मक टेवा पुर्‍याउनु सप्ताहको उद्देश्य रहेको बागलुङ जेसिजका अध्यक्ष आनन्दप्रसाद रेग्मीले बताए।

दुर्घटना न्यूनीकरणका लागि सन्देश दिन ‘स्लो बाइक रेस’ देखि स्वास्थ्य र पर्यावरणका लागि साइकल यात्रासम्मका कार्यक्रमलाई सप्ताहमा समेटिएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ७ : ५९ बजे

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी– खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले

काठमाडौं जिल्ला अदालतले डा. पाण्डेविरुद्धका निवेदनमा दिएन अन्तरकालीन आदेश

काठमाडौं– डा. रुद्र पाण्डेविरुद्ध गाली बेइज्जेती मुद्दा लिएर गएका कलेजलाई

दसैँका लागि नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– नेपालीहरुको ठूलो चाडपर्व नजिकिदै जाँदा काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा