अभिनेता आकाशको चिन्ता–दर्शक नेपाली फिल्मबाट टाढिन सक्छन् « Khabarhub

अभिनेता आकाशको चिन्ता–दर्शक नेपाली फिल्मबाट टाढिन सक्छन्


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– अभिनेता आकाश श्रेष्ठले करिब दुई वर्षदेखि कोरोनाले थिलोथिलो परेको फिल्म क्षेत्रलाई चलायमान बनाउन फिल्म प्रदर्शनको वैकल्पिक माध्यम खोज्नुपर्ने बताएका छन् ।

चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाले आयोजना गरेको ‘चलचित्र क्षेत्रको चलायमान कसरी र कहिलेबाट’ विषयक कार्यक्रममा अभिनेता श्रेष्ठले दर्शक हलमै गएर फिल्म हेर्ने वातावरण बन्न केही समय लाग्ने भएकाले दर्शकसम्म नै फिल्म पुर्‍याउन ओटिटी प्लेटफर्मसहितका विकल्प खोजिनुपर्ने बताए ।

‘यदि यसो गर्न सकियो भने नेपाली फिल्म हेर्ने दर्शक घट्दैनन् । कोरोना कहरमा दर्शकले घरमै बसेर विश्वका राम्रा फिल्महरु हेरिसकेकाले अब हामीले बनाउने फिल्मले दर्शकको त्यो चाहना मेट्नसक्नुपर्छ । अन्यथा फेरि दर्शक नेपाली फिल्मबाट टाढिन सक्छन्,’ उनले चिन्ता व्यक्त गरे ।

चलचित्र पत्रकार संघ दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा निर्माता तथा निर्देशक ऋषिराज आचार्य, गायिका विन्दु परियार, नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष शरद रेग्मीलगायतले फिल्म क्षेत्र धरासायी बन्दै गएको भन्दै यसलाई चलायमान बनाउन जिम्मेवार सबै पक्ष लाग्नुपर्ने सुझाए ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  १ : २६ बजे

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता