अभिनेता आकाशको चिन्ता–दर्शक नेपाली फिल्मबाट टाढिन सक्छन् | Khabarhub Khabarhub

अभिनेता आकाशको चिन्ता–दर्शक नेपाली फिल्मबाट टाढिन सक्छन्


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– अभिनेता आकाश श्रेष्ठले करिब दुई वर्षदेखि कोरोनाले थिलोथिलो परेको फिल्म क्षेत्रलाई चलायमान बनाउन फिल्म प्रदर्शनको वैकल्पिक माध्यम खोज्नुपर्ने बताएका छन् ।

चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाले आयोजना गरेको ‘चलचित्र क्षेत्रको चलायमान कसरी र कहिलेबाट’ विषयक कार्यक्रममा अभिनेता श्रेष्ठले दर्शक हलमै गएर फिल्म हेर्ने वातावरण बन्न केही समय लाग्ने भएकाले दर्शकसम्म नै फिल्म पुर्‍याउन ओटिटी प्लेटफर्मसहितका विकल्प खोजिनुपर्ने बताए ।

‘यदि यसो गर्न सकियो भने नेपाली फिल्म हेर्ने दर्शक घट्दैनन् । कोरोना कहरमा दर्शकले घरमै बसेर विश्वका राम्रा फिल्महरु हेरिसकेकाले अब हामीले बनाउने फिल्मले दर्शकको त्यो चाहना मेट्नसक्नुपर्छ । अन्यथा फेरि दर्शक नेपाली फिल्मबाट टाढिन सक्छन्,’ उनले चिन्ता व्यक्त गरे ।

चलचित्र पत्रकार संघ दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा निर्माता तथा निर्देशक ऋषिराज आचार्य, गायिका विन्दु परियार, नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष शरद रेग्मीलगायतले फिल्म क्षेत्र धरासायी बन्दै गएको भन्दै यसलाई चलायमान बनाउन जिम्मेवार सबै पक्ष लाग्नुपर्ने सुझाए ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  १ : २६ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र