अभिनेताले गल्तीले गोली चलाउदा छायाकारको मृत्यु | Khabarhub Khabarhub

अभिनेताले गल्तीले गोली चलाउदा छायाकारको मृत्यु


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स(दैनिक जागरण)– न्यू मेक्सिकोमा हलिउड फिल्म ‘रस्ट’को सुटिङ सेटमा हलिउड अभिनेता र निर्माता एलेक बाल्डविनले गल्तीले गोली चलाउदै एक छायाकारको निधन भएको छ । यो घटनामा फिल्मका निर्देशक घाइते भएका छन् ।

फिल्मको एक प्रोपर्टीको रुपमा बन्दुक प्रयोग भइरहेको थियो ।

अभिनेता बाल्डविन फिल्ममा प्रमुख भूमिका निभाइरहेका थिए । प्रहरीले अहिलेसम्म घटनाको विषयमा मुद्धा दर्ता गराएको छैन । प्रहरीले आफूहरुले घटनाको अनुसन्धान गरिरहेकाले त्यसको परिणाम आउनासाथ कारवाही प्रक्रिया सुरु गर्ने जनाएको छ ।

बाल्डविनको गोलीबाट ४२ वर्षीया छायांकार हलिना हचिन्सको निधन भएको थियो । उनलाई हेलिकप्टरबाट अस्पताल पुर्याउन नपाउदै बाटैमा निधन भएको थियो । फिल्मका निर्देशक जोएल सूजा पनि घटनामा घाइते भएका छन् । उनलाई इमर्जेन्सी सेवामा राखिएको छ ।

फिल्मको सुटिङ मेक्सिकोको चर्चित सुटिङस्थल बोनान्जा क्रिक रेञ्चमा भइरहेको थियो । बन्दुकमा गोली किन भरिएको थियो भन्ने केही खुल्न आएको छैन । यो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

मृतक अचिन्सको वेबसाइटका अनुसार उनी युक्रेनमा जन्मिएर आर्कटिक सर्कल सोभियत मिलिटरीमा हुर्किएकी हुन् । उनले किभमा पत्रकारिता पढेकी थिइन् भने लसएञ्जलमा फिल्म अध्ययन गरेकी थिइन् । अमेरिकन सिनेमाटोग्राफर म्यागजिनमा उनको नाम सन् २०१९ को ‘राइजिङ स्टार’का रुपमा प्रकाशित भएको थियो । उनी सन् २०२० को एक्सन फिल्म ‘आर्केने’मा छायांकारका रुपमा थिइन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ३ : ०९ बजे

कर्णाली याक्सको ट्यालेन्ट हन्ट आज

सुर्खेत– कर्णाली याक्स स्पोर्टस् प्रालिले सुर्खेतको वीरेन्द्रनगरमा आज (सोमबार) ट्यालेन्ट

पायक पर्ने स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दा…

बागलुङ– बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा सञ्चालन भएको आँखा शिविरबाट एक

दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले दैनिक एक हजार थान राहदानी वितरण गरिने

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी– होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन

प्रिमियर लिग : बोर्नमाउथविरुद्ध म्यानचेस्टर सिटीको सानदार जित

काठमाडौं – प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले