फिफा विश्वकपको तयारी : कतारमा ८ रङ्गशालाको निर्माण सकियो « Khabarhub

फिफा विश्वकपको तयारी : कतारमा ८ रङ्गशालाको निर्माण सकियो


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

दोहा – फिफा विश्वकप २०२२ का लागि कतारले सबै रङ्गशालाको निर्माण सम्पन्न गरेको छ ।

मध्यपूर्व र अरबमा पहिलो विश्वकप हुन ठिक एक वर्ष बाँकी छँदै कतारले सबै आठ प्रतियोगिता स्थलहरूमा निर्माण कार्य पूरा गरेको गल्फ टाइम्सले जनाएको छ ।

६० हजार दर्शक क्षमता भएको अल बायत रङ्गशालाबाट सुरु हुने विश्वकप ८० हजार क्षमताको लुसेल स्टेडियममा पुगेर सकिनेछ । १८ डिसेम्बर २०२२  अर्थात कतारको राष्ट्रिय दिवसमा फाइनल खेल हुनेछ ।

कतार २०२२ डट क्युले २१ नोभेम्बर २०२२ मा अल बायत रङ्गशालाबाट सुरु हुने विश्वकपमा ८ स्टेडियमहरूलाई नजिकबाट हेर्ने सकिने जनाएको छ।

एक वर्षको काउन्डाउन सुरू

कतार विश्वकप २०२२ को एक वर्षको काउन्डाउन सुरु भएको छ ।  विश्वभरबाट छनौट भएका ३२ देशले सहभागिता जनाउने सो प्रतियोगितामा दर्शकलाई कोभिडविरुद्धको भ्याक्सिन अनिवार्य गर्ने तयारी छ ।

विश्वकपका आयोजकको हैसियतमा कतारले स्थान बनाइसकेको छ भने युरोपेली क्षेत्रबाट १०  र दक्षिण अमेरिकाबाट दुई गरी १३ देश विश्वकपका लागि छनौट भइसकेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  १० : ४४ बजे

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वोङबीच भेटवार्ता

न्यूयोर्क – परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङबीच

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

चितवन : पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी

विपद्पछिको पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा छ : अस्ट्रेलियाली प्रधानमन्त्री

न्यूयोर्क – अस्ट्रेलियाका प्रधानमन्त्रीले विनाशकारी बाढी र पहिरोबाट सिर्जित संकटसँग

पहिरोले बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले