‘घुइँचो’मा एलिजाको जोडी कुन्साङ « Khabarhub

‘घुइँचो’मा एलिजाको जोडी कुन्साङ


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–फिल्म ‘घुइँचो’ निर्माणको घोषणा गरिएको छ । राजधानीमा सोमबार एक कार्यक्रमबीच फिल्मको घोषणा गरिएको हो । दीपेन्द्र लामाले निर्देशन गर्ने फिल्मले सामाजिक कथावस्तु भन्नेछ ।

दीपेन्द्रले यसअघि ‘घामपानी’, ‘गोपी’, ‘छ माया छपक्कै’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् ।

फिल्म ‘घुइचो’का निर्माता रामजी दैलेखीले फिल्म क्षेत्रलाई नयाँपुस्ताले अगाडि बढाउनुपर्छ भन्ने सोच बोकेर आफू यो क्षेत्रमा होमिएको बताए । निर्देशक दिपेन्द्र लामाले फिल्मको कथाले गाउँदेखि अमेरिकाको कथा भन्ने जानकारी दिए । उनले फिल्मलाई उत्कृष्ट बनाउन आफूले कुनै कसर नछाड्ने समेत तर्क गरे ।

फिल्मकी नायिका एलिजा गौतमले ‘घुइँचो’ आफ्ना लागि पुनर्जन्म रहेको बताइन् । नवनायक कुन्साङले आफू फिल्ममा केही फरक भूमिका गर्न चाहिरहेको बताउँदै कथावस्तु सुनेपछि मन परेको बताए । फिल्मले एउटा विकट गाउँबाट अमेरिकासम्म यात्रा गर्ने एक युवकको कथा भन्नेछ ।

निर्देशक लामाका अनुसार फिल्मको छायांकन माघ १५ बाट सुरु हुनेछ । फिल्मका अन्य कलाकार र प्राविधिकको छनोटको काम बाँकी नै छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ९ : ०२ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको