‘घुइँचो’मा एलिजाको जोडी कुन्साङ | Khabarhub Khabarhub

‘घुइँचो’मा एलिजाको जोडी कुन्साङ


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–फिल्म ‘घुइँचो’ निर्माणको घोषणा गरिएको छ । राजधानीमा सोमबार एक कार्यक्रमबीच फिल्मको घोषणा गरिएको हो । दीपेन्द्र लामाले निर्देशन गर्ने फिल्मले सामाजिक कथावस्तु भन्नेछ ।

दीपेन्द्रले यसअघि ‘घामपानी’, ‘गोपी’, ‘छ माया छपक्कै’ जस्ता फिल्म निर्देशन गरिसकेका छन् ।

फिल्म ‘घुइचो’का निर्माता रामजी दैलेखीले फिल्म क्षेत्रलाई नयाँपुस्ताले अगाडि बढाउनुपर्छ भन्ने सोच बोकेर आफू यो क्षेत्रमा होमिएको बताए । निर्देशक दिपेन्द्र लामाले फिल्मको कथाले गाउँदेखि अमेरिकाको कथा भन्ने जानकारी दिए । उनले फिल्मलाई उत्कृष्ट बनाउन आफूले कुनै कसर नछाड्ने समेत तर्क गरे ।

फिल्मकी नायिका एलिजा गौतमले ‘घुइँचो’ आफ्ना लागि पुनर्जन्म रहेको बताइन् । नवनायक कुन्साङले आफू फिल्ममा केही फरक भूमिका गर्न चाहिरहेको बताउँदै कथावस्तु सुनेपछि मन परेको बताए । फिल्मले एउटा विकट गाउँबाट अमेरिकासम्म यात्रा गर्ने एक युवकको कथा भन्नेछ ।

निर्देशक लामाका अनुसार फिल्मको छायांकन माघ १५ बाट सुरु हुनेछ । फिल्मका अन्य कलाकार र प्राविधिकको छनोटको काम बाँकी नै छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ९ : ०२ बजे

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप– रामेछापका विभिन्न सामुदायिक वनमा आगो लगाउँदै हिँड्ने एक जनालाई

जिरी नगरपालिमा सबै योजनाको सम्झौता सम्पन्न

दोलखा– जिल्लाको जिरी नगरपालिकाले चालु वर्ष वितरण गरेका सत् प्रतिशत

बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड

काठमाडौं– बालविवाह अन्त्यका लागि पुरुष सहभागिता र विद्यालय तहका पाठ्यपुस्तकमै

हाम्रो नेतृत्वमा सरकार बन्छ कि भनेर कतिपयलाई पोल्न थालेको छ : माधव नेपाल (भिडियाेसहित)

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका लागि

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

बेलबारी– लामो समयदेखि पानी नपर्दा किसानले लगाएको अन्नबाली सुक्न थालेको