प्रतिनिधिसभाको बैठक बस्दै, कार्यसूचीमा परेन एमसीसी « Khabarhub

प्रतिनिधिसभाको बैठक बस्दै, कार्यसूचीमा परेन एमसीसी


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाको दसौँ अधिवेशनको तेस्रो बैठक आज बस्दैछ।

संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे सुरु हुने बैठकमा केही अध्यादेशहरू स्वीकृतिका पेस गर्नेलगायतका १० कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय), ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ तथा ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले ‘रेल्वे अध्यादेश, २०७८ स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको छ।

सरकारले अघि बढाउने तयारी गरेको अमेरिकी सहयोग परियोजना एमसीसी भने कार्यसूचीमा परेको छैन ।

बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको जनाएको छ। मंगलबार पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच दुई वटा अध्यादेश स्वीकृत गरिएको थियो ।

नेकपा एमालेले नवौँ अधिवेशनदेखि नै संसद् अवरुद्ध गर्दै आएको छ । आफूहरूले कारबाही गरेका माधव नेपालसहितका १४ सांसदलाई निष्कासन गरेको सूचना टाँस्नुपर्ने वा सभामुखले राजीनामा दिनुपर्ने सर्त अघि सारेको छ। एमालेको अवरोध आज पनि जारी रहनेछ ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ९ : २४ बजे

‘रवि-बालेनजस्तै आफ्नै निर्णय अन्तिम सत्य ठान्ने प्रवृत्ति गगनहरूमा देखियो’

काठमाडौँ- गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनपछि सिर्जित नेपाली कांग्रेसभित्रको

पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

बागलुङ– पहिरोले कालीगण्डकी करिडोरको बागलुङ खण्डमा गए रातिदेखि आवतजावत अवरुद्ध

मुस्ताङको लेतेमा भन्सार छलीका अवैध सामान बरामद

मुस्ताङ– मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको अवैध

‘ध्रुवे’ हात्तीलाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

चितवन– चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान

सप्तकोसीमा पानीको बहाव बढ्यो, २१ ढोका खोलिए

सुनसरी– वर्षा सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी