लोकलयमा ‘कठपुतली’ को ‘यो ज्यान कठपुतली’ « Khabarhub

लोकलयमा ‘कठपुतली’ को ‘यो ज्यान कठपुतली’


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–यही पुष १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कठपुतली’ को ओएसटी गीत ‘यो ज्यान कठपुतली’सार्वजनिक भएको छ । लोकलयको गीतमा गायिका मेलिना राईको स्वर, दयाराम पाण्डेको शब्द र सुरेश अधिकारीको संगीत छ । गीतमा फिल्मका दृश्यहरुलाई समेटिएको छ ।

गीतको भिडियो भिएफएक्स र एनिमेशन प्रयोग गरी बनाईएको छ । परिवार परित्याग गरेको एक राजकुमार शाही दरबारमा रहँदा सामना गर्नुपरेका विभिन्न रहस्यहरू तथा अदृश्य शक्तिहरूबाट बच्नको लागि गरेको संघर्षको कथा फिल्ममा देखाइएको छ ।

भीमसेन लामा निर्देशित फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा माष्के, कर्मा, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइरालालगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा पृथ्वी राना मगर निर्माता छन् भने सम्पदा मल्लले कथा लेखेकी हुन् ।

अष्ट्रेलियाका छायांकार जोएल फ्रुमले छायांकन गरेको फिल्ममा विशाल श्रेष्ठ, धर्म श्रेष्ठ र हेम थापा सह–निर्माता छन् ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ९ : २९ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको