हामी शान्तिपूर्ण युद्धमा छौँ, युद्ध जित्छौँ– प्रचण्ड « Khabarhub

हामी शान्तिपूर्ण युद्धमा छौँ, युद्ध जित्छौँ– प्रचण्ड

'अदालतले सही फैसला गर्छ भन्नेमा ढुक्क छौँ'


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरु अहिले पनि युद्धमा नै रहेको बताएका छन् ।

आज काठमाडौँमा आयोजित ‘जनयुद्धको हस्ताक्षर’ पुस्तकको विमोचन गर्दै अध्यक्ष प्रचण्डले प्रतिगमनविरुद्ध पुस ५ गतेयता आफूहरु नयाँ प्रकारको युद्धमा रहेको बताए । उनले अहिलेको युद्ध शान्तिपूर्ण युद्धमा रहेको बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘हामी फेरि एकचोटि जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका मूल्य–मान्यता, प्राप्त गरेका उपलब्धिहरुको अपहरण गर्ने अपहरणकारीहरुका विरुद्ध एउटा नयाँ प्रकारको युद्धमा नै छौँ । तर, त्यो रक्तपातपूर्ण र हिंसात्मक छैन । पुस ५ गतेदेखि हामी फागुन ११ गतेसम्म नयाँ प्रकारको युद्ध लडिरहेका छौँ । देशव्यापी रूपमा तपाइँ–हामी युद्धमा नै छौँ । अर्को पक्ष हतियारबद्ध भएर दबाउन बल गर्न खोज्दै छ ।’

उनले युद्ध जित्न संकल्प गर्न आवश्यक रहेको पनि बताए । ‘अहिलेको युद्ध हामीले जित्नु छ,’ प्रचण्डले भने । प्रधानमन्त्री केपी शर्मा ओलीले फुटको बाटो रोजेको आरोप प्रचण्डले लगाए ।

उनले भने, ‘एकताको झण्डा हामीले उठाएका छौँ । केपी जीले फुटको बाटो रोज्नुभयो, विघटन र बिसर्जनको बाटो रोज्नुभयो । उहाँले पार्टीलाई पनि फुट, विघटन र बिसर्जनतिर लैजानुभयो र देशलाई पनि, संविधानलाई पनि र लोकतन्त्रलाई पनि बिसर्जन गर्ने बाटोतिर जानुभयो । मुद्दा त उहाँले हारिसक्नु भयो । तर फेरि पनि व्यवहारिक रुपले त्यसलाई परास्त गर्नका लागि यो युद्ध हामीले जित्नुपर्छ ।’

प्रचण्डले अदालतले सही फैसला गर्छ भन्नेमा विश्वास रहेको उल्लेख गरे । उनले भने, ‘हाम्रो अदालतप्रति विश्वास छैन भन्न खोजेकै छैन । मैले सबै सार्वजनिक सभामा भनेको छु, अदालतमा मुद्दा छ, अदालतले सही फैसला गर्छ भन्नेमा हामीलाई विश्वास छ ।’

उनले आफूहरुले एकताको झन्डा उठाएको र प्रधानमन्त्री केपी शर्मा ओली फुटतर्फ गएको जिकिर गरे ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  २ : १९ बजे

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर

नैनसिंहको प्रस्ताव : देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन केही समय सारौँ

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं ‘देश र कांग्रेस जोड्ने अभियान’का

कांग्रेसका पदाधिकारीको दाबी : ‘शेखर र पूर्णबहादुर अन्तिमसम्म हाम्रोतिरै जोडिनुहुन्छ’

काठमाडौं– नेपाली कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगन थापाबीच

थेराङ खोला बाढीपछि स्थानीय भन्छन्- गाउँबाट तलमाथि जाने पुल बगायो, नाकाबन्दीमा पर्‍यौँ

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको

रसुवामा हैजाको जोखिम: सेनाको हेलिकप्टरबाट २१ हजार डोज खोप पठाइयो

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोपछि हैजाको