केटले पानीमुनी ७ मिनेट श्वास रोक्दा… « Khabarhub

केटले पानीमुनी ७ मिनेट श्वास रोक्दा…


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स– निर्देशक जेम्स क्यामरुनको बहुप्रतिक्षित फिल्म ‘अवतार २’का लागि अभिनेत्री केट विन्सलेटले सात मिनेटको अन्डरवाटर सिक्वेन्स दिएकी छन् । यो दृश्य खिचिरहँदा उनले आफू मर्न लागेको अनुभव गरेको खुलासा गरेकी छन् ।

अब्जर्भर म्यागेजिनका लागि उनले दिएको अन्तरवार्तामा आफ्नो डर खुलाएकी हुन् । ‘यो दृश्य निकै सानदार थियो । दिमाग नियन्त्रणमा थिएन । तपाईं त्यो समयमा अरु केही सोच्न सक्नुहुन्न थियो । चारैतिर पानीका बुलबुल थिए । जब म बाहिर आएँ, त्यो बेला मेरो पहिलो बोली ‘के म मरें ?’ भन्ने थियो । किनकी त्यो दृश्य खिचिरहँदा मैले सायदमै म मरिसकें भन्ने सोचेको थिएँ’,

जीन्यूजका अनुसार फिल्ममा केटले रोनलको भूमिका निर्वाह गरेकी छन् । यो भूमिकाका लागि उनका पति नेक रोकनरोलले उनलाई डाइभिङ गर्न सिकाएका थिए ।

‘तपाईंलाई कसैको साथ चाहिएको थियो । नेकले मलाई तालिम दिए । नेक श्वास रोक्न खप्पिस छन् । तर यो चक्करमा केही समयका लागि होस गुमाउनु परेको थियो’, उनले भनेकी छन् ।

उनले फिल्ममा आफ्नो भूमिकाका लागि फ्री–डाइभ सिकेकी थिइन् । उनले ७ मिनेट १४ सेकेण्डसम्म श्वास रोकेकी थिइन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ४ : ०५ बजे

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान

अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

जकार्ता– इन्डोनेसियाको अनाक क्राकाताउ ज्वालामुखी आइतबार बिहान विस्फोट भएपछि निस्किएको

बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी

पर्सा– यहाँका पालिका, विभिन्न सामाजिक सङ्घसंस्था र उद्योगपति तथा समाजसेवीले

एआई तस्बिर प्रयोग गरी देवीघाटको एक्रोब्रिज बनिसकेको भन्दै जसले छरे भ्रम !

काठमाडौं– नुवाकोटको देवीघाटस्थित तादी नदीमाथि निर्माणाधीन एक्रोब्रिज तयार भइसकेको भन्दै

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

ओम्दुरमान– युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि लामो