आफ्नो करियर बनाउनका लागि जान्नैपर्ने केही टिप्स | Khabarhub Khabarhub

आफ्नो करियर बनाउनका लागि जान्नैपर्ने केही टिप्स


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सफल व्यक्ति बन्नका लागि विज्ञहरुले बताएका केही टिप्स हेरौं, जुन टिप्सबाट तपाईले आफ्नो करियर बनाउनका लागि धेरै कुरा जान्न सक्नु हुने छ ।

१. यदि तपाईं आफ्नो भविष्यका लागि कुनै क्षेत्र रोजिसक्नु भएको छ भने त्यो राम्रो हो । छैन भने सबैभन्दा पहिला आफ्नो जीवनका लागि सही र उचित क्षेत्रको छनोट गर्नुहोस् । र, त्यही क्षेत्रसँग संलग्न कुनै पनि विषयमा विशेषज्ञता बनाउनुहोस् । आजको समय विशेषज्ञताको हो । तपाईंले कुनै विषयमा विशेषज्ञता हासिल गर्न सक्नुभयो भने यसले तपाईंलाई क्षमता विकासका लागि मद्दत गर्नेछ ।

२. कुनै क्षेत्रमा विशेषज्ञता प्राप्त गरेपछि एउटा लक्ष्य बनाउनुहोस्, कि २४ वर्षको उमेरसम्म तपाईंको हातमा एउटा राम्रो करियर परिसकेको हुनेछ । तपाई कुनै राम्रो व्यवसायी वा विषयगत विज्ञ पनि बन्न सक्नुहुन्छ ।

३.तपाई भविष्यमा के गर्न चाहानुहुन्छ ? यसको निर्णय तपाईं आफैंले आफ्नो क्षमताअनुसार लिनुपर्ने हुन्छ । तपाईंको साथी के गर्दै छन् सोचेर कुनै निर्णय नलिनुहोस् । निर्णय लिने समयमा यो पनि सोच्नुस कि तपाईले रोजेको क्षेत्रमा ५ देखि ७ वर्षपछि कस्तो स्कोप रहने छ ।

४. एसईईदेखि १२ कक्षासम्म हरेक कोलोनीमा जो कोही पनि साथी हुन सक्छन् । तर, यसपछिको समयमा तपाईले कलेज भर्ना भएपछि मित्रतामा पनि सेलेक्टिभ हुन आवश्यक हुन्छ । राम्रो साथीको पहिचान गर्न सिक्नुहोस् । ती मानिसहरु जो तपाईको पढाई र करियरका लागि समस्या बनेका छन्,उनीहरुलाई आफ्नो लिस्टबाट हटाउनुहोस् । यसको मतल ती साथीहरुलाई आफ्नो जिबनबाट बाहिर निकाल्ने भने हैन । उनीहरुसँग सम्बन्ध बनाई राख्नुस् । हरकोही कुनै समय काम लाग्ने छन् ।

५. अब तपाईले प्रोफेश्नल बन्न पनि सिक्नुपर्ने हुन्छ । यदि रोजगार शुरु गर्नुअघि नै तपाइले प्रोफेश्नल बन्न सिक्नुभयो भने भविषयमा कुनै अफिसमा काम गर्न तपाईंलाई असहज हुने छैन । यसले तपाईलाई कुनै समस्या निम्त्याउन दिँदैन र भविषयमा आफ्नै व्यवसाय गर्दा पनि यसले धेरै मद्दत पुराउने छ ।- एजेन्सी

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ५ : ५० बजे

‘तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो’

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

आइन्दा आतंककारी आक्रमण भए युद्ध मानेर जवाफ दिइनेछ : भारत

काठमाडौं– आइन्दा आफ्नो मुलुकमा हुने कुनै पनि आतंककारी आक्रमणलाई युद्ध

चैत्र १५ को घटनामा पक्राउ परेकालाई रिहा गर्न माग

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले चैत्र १५ गते काठमाडौंमा

आगामी बजेटबारे अर्थमन्त्री – ‘खाल्डो पुर्न खोज्दैछु, साथ चाहियो’

काठमाडौं – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक

पाँचथर पुगेर प्रचण्डले भने : मध्यपहाडी लोकमार्गको प्रस्तावक हामी हौँ

पाँचथर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यपहाडी लोकमार्गको