कार्ल गुस्ताफ हाइडेन्सताम जो आन्तरिक शान्तिको खोजीमा लागे « Khabarhub

कार्ल गुस्ताफ हाइडेन्सताम जो आन्तरिक शान्तिको खोजीमा लागे


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आफ्ना रचनाहरुमा अन्तस् जगतको शान्ति र आनन्दको खोजी गर्ने स्रष्टा हुन् कार्ल गुस्ताफ हाइडेन्सताम ।

उनले मानिसको जन्म नै शान्तिका लागि हो, त्यसैले शान्तिको जीवन बाँच्नुपर्छ । आत्मिक शान्तिको अन्वेषण नै जीवनको अभिष्ट हो भन्ने कुरालाई काव्यमार्फत् मुखरित गरे । कवितामा प्रकृतिप्रेम, मानवताप्रेम, आदर्श भावनाको प्रक्षेपण, जीवन र प्रकृतिको मूल उद्देश्य भित्री शान्ति हो भन्ने कुरालाई मुख्य जोड दिएका छन् ।

कार्ल गुस्ताफका चर्चित रचनाहरुमा पिल्ग्रिमेज एन्ड वान्डर इयर्स, पोइम्स, द चाल्र्समेन, द ट्रि अफ द फोल्कुङ्स, न्यु पोइम्स आदि आदि पर्छन् । उनले साहित्य कविता, कथा, उपन्यास विधामा कलम चलाए पनि उनी आफ्ना शक्तिशाली कवितामार्फत् नै जीवन्त बनेका छन् ।

यिनको जन्म सन् १८५९ मा स्वीडेनको ओलसाम्भार भन्ने ठाउँमा भएको थियो । धनी तथा सम्पन्न परिवारमा जन्मिएका यिनलाई अरु कुराको कुनै अभाव र दुःख थिएन तर स्वास्थ्य भने सानैदेखि यिनको कमजोर थियो ।

बाल्यकालदेखि नै फोक्सोको रोगी भएकोले अरु सरह स्कुल गएर पढ्न सकेनन् । तर धनी परिवारका सदस्य भएकाले घरमै लेखपढको व्यवस्था मिलाइयो ।

घरमै बसेर साहित्य पढ्नमा रुचि थियो । स्वास्थ्य लाभको निम्ति डाक्टरको सल्लाहमा हावापानी परिवर्तन गर्न सोह्र वर्षको उमेरमा विभिन्न देशका विभिन्न ठाउँहरु घुमे ।

टर्की, इजिप्ट, ग्रिस, इटाली, स्विटजरल्याण्ड घुमेर स्वास्थ्य लाभ गर्नुका साथै फरक फरक ठाउँमा रीतिथिती हावापानी, भूगोल, प्रकृति र संस्कृतिको अवलोकन गर्न पाए र हृदयमा नवीनतम अनुभूति सँगाले । जसले उनलाई लेखनमा थप ऊर्जा र लेखन सामग्रीहरु उपलब्ध भए ।

त्यसपछि उनले बिहे गरे । बिहेपछि पेरिस आएर कलाको अध्ययन गरे । पेरिसबाट फर्केर स्वीट्जरल्याण्ड एउटा मध्यमकालीन दरबार किनेर पतिपत्नी त्यहीँ बस्न थाले । पिताको मृत्युदेखि फेरि आफ्नै देश स्वीडेन फर्केर आए ।

उनले पहिलो कवितासङ्ग्रह निकाले । त्यसले यिनलाई लोकप्रियताको चरमचुलीमा पुर्‍यायो । त्यसपछि पत्नीको मृत्यु भयो । फेरि विवाह गरे । त्यो दाम्पत्य सम्बन्ध पनि लामो समय टिकेन । पुनः विवाह गरे । यता उनी कविता र उपन्यास लेखेर प्रतिष्ठित व्यक्ति बनी सकेका थिए ।

नपढे पनि उनलाई स्टकहोम विश्वविद्यालयले पिएचडी को उपाधि प्रदान गर्‍यो । त्यसकै आसपासमा उनी स्वीडिस एकेडेमीका सदस्य पनि बने । उनी साहित्यकार मात्र थिएनन् एक कुशल चित्रकार पनि थिए । यिनको काव्य लेखनलाई सम्मान गरेर सन् १९१६ को नोबेल पुरस्कार प्रदान गरियो ।

यिनको देहावसान सन् १९४० मा स्टकहोममा भयो ।

साभार : ‘महान् व्यक्तिका प्रेरक प्रसङ्गहरु’ किताबबाट

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ६ : २० बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक