बेनी–जोमसोम सडक चार दिन बन्द हुने | Khabarhub Khabarhub

बेनी–जोमसोम सडक चार दिन बन्द हुने


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक चार दिनका लागि बन्द गरिने भएको छ ।

उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडक २०७७ चैत १४ देखि १७ गतेसम्म बन्द गरिने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले सोमबार एक सूचना जारी गरेर सडक स्तरोन्नति र निर्माणका लागि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बेनी–जोमसोम सडकमा चार दिन सवारी साधन आवतजावत रोकिने जानकारी गराए ।

म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिर सडक स्तरोन्नति र मुस्ताङको थासाङ गाउँपालिका–४ को कैकुखोलामा सडक बेस बगाउने तथा पहिरोका कारण सवारी साधन चल्न नसक्ने र चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले जोखिमबाट सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द गर्नुपरेको प्रशासनले जनाएको छ ।

कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम ७६ किमी सडक चार प्याकेजमा स्तरोन्नति भइरहेको छ । प्याकेज–२ को काभ्रेभिरमा पुस १९ गतेदेखि सडक चौडा गर्न शर्मा–गजुरमुखी जेभीले पहाड काट्ने काम गरिरहेको छ । त्यहाँ एक किलोमिटर ६०० मिटर दूरीमा पहाड काट्नुपर्ने जनाइएको छ ।

काभ्रेभिर बेनी–जोमसोम सडकको जोखिमयुक्त सडक पनि हो । निर्माण कम्पनीले नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने काम गरिरहेको छ । यस्तै सोही खण्डको थासाङ–४ कैकुमा पटक–पटक बाढीले सडक बगाउने र पहिरो जाने हुँदा सडक अवरुद्ध हुने गर्छ ।

सडक स्तरोन्नति गरी सडक सहज बनाउन जिल्ला सडक सुरक्षा समितिले यसप्रकारको निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

झण्डै रु छ अर्ब लागतको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना विसं २०७४ देखि निर्माण शुरु भएको हो । एक सय १० किलोमिटर दूरीको जोमसोम–कोरला सडक ग्राभेल गर्ने काम भइरहेको छ । आयोजनाका अनुसार जोमसोम–कोरला सडकको सात प्याकेजमध्ये चार प्याकेजको काम सकिएको छ ।

बेनी–जोमसोम सडकमा ६० प्रतिशत र जोमसोम–कोरला सडकमा ८५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाका इञ्जिनीयर अश्विनीकुमार यादवले बताए ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  १० : ४० बजे

‘हेरा फेरी ३’ छोडेका परेशसँग अक्षय कुमारको लफडा, मागे २५ करोड रूपैयाँ क्षतिपूर्ति

काठमाडौं– बलिउडको फिल्मको हिट श्रृङ्खला ‘हेरा फेरी- ३’ गत अप्रिलदेखि

खुम्बु आइसफलमा पुगे कांग्रेस महामन्त्री शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा सगरमाथा आरोहणमा सबैभन्दा जोखिमपूर्ण

सर्वोच्चले पनि खोलिदियो विश्व पौडेललाई गभर्नरको बाटो

काठमाडौं- सर्वोच्च अदालतले डा. विश्व पौडेललाई गभर्नर बन्ने रोक नहुने

म्याग्दीको गुर्जा : आन्तरिक पर्यटकहरूका लागि आकर्षक गन्तव्यस्थल बन्दै

गलेश्वर– म्याग्दीको अत्यन्त दुर्गम गाउँ गुर्जा अझैसम्म पनि सडक सञ्जालमा

हुल बाँधेर विद्युत् प्राधिकरण पुगे युरोपेली युनियनका राजदूतहरू

काठमाडौं- नेपालस्थित युरोपेली युनियनका राजदूतसहितको प्रतिनिधिमण्डल मंगलबार नेपाल विद्युत् प्राधिकरणको