सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने माओवादी केन्द्रको निर्णय, कानुन व्यवसायीसँग छलफल « Khabarhub

सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने माओवादी केन्द्रको निर्णय, कानुन व्यवसायीसँग छलफल


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रले नेकपा भंग गर्ने सर्वोच्च अदालतको फैसलाको पुनरावलोकनका लागि अदालत जाने निर्णय गरेको छ ।

आज सिंहदरबारमा बसेको माओवादी केन्द्रको अनौपचारिक स्थायी कमिटी बैठकले सर्वोच्चको फैसलाको पुनरावलोकनमा अदालत जाने निर्णय गरेको हो ।

माओवादी केन्द्रले कानुन व्यवसायीसँग छलफल गरी यो निर्णयमा पुगेको हो । आजको बैठकले कानुन व्यवसायीको सुझाव अनुसार नै यही साता भित्र सर्वोच्चको फैसलाको पुनरावलोकनका लागि अदालत जाने निर्णय गरेको नेतृ पम्फा भुसालले जानकारी दिइन ।

माओवादी केन्द्रले सर्वोच्चको फैसलाका विषयमा कानुन व्यवसायीहरु शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, रामनारायण बिडारी, मुक्ति प्रधानलगायतसँग छलफल गरेको थियो । उनीहरुले सर्वोच्चको फैसलाको पुनरावलोकनमा जान उपयुक्त हुने सुझाव दिएका थिए।

उनीहरुले ६० दिनभित्र पुनरावलोकन गर्न सकिने भएकाले तत्काल पुनरावलोकन गर्न सुझाव दिएको नेता देव गुरुङले जानकारी दिए।

सर्वोच्चले गत फागुन २३ गते नेकपा एकता भंगको फैसला गरेको थियो। झण्डै २ वर्षदेखि विचाराधीन नेपाल कम्युनिष्ट पार्टीको नामको मुद्दामा सर्वोच्चले निर्णय सुनाउने क्रममा नेपाल कम्युनिष्‍ट पार्टीको नाम ऋषि कट्टेललाई दिएको थियो। त्योसँगै सर्वोच्चले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग भएको निर्णय पनि सुनाएको थियो।

उक्त फैसला राजनीतिक भएको भन्दै माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फैसलाको पुनरावलोकनमा जाने प्रतिक्रिया दिएका थिए।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  १२ : २० बजे

दैनिक एक हजार ५०० ई-राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने

काठमाडौं– राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट) को बढ्दो मागलाई सम्बोधन

वालेन्द्रको ‘लाज ढाक्न’ रविलाई भ्याइ-नभ्याइ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्री बनेका वालेन्द्र शाह देशमा गम्भीर

सुनसरी घटना : छानबिन समितिमा दुई सदस्य थप

काठमाडौं– सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा

‘कार्गो क्षेत्रलाई व्यवस्थित बनाउन संघ–प्रदेश सहकार्य आवश्यक’

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा फ्रेट फरवार्डिङ