गुलसनले किन रोजे भिलेन चरित्र ? « Khabarhub

गुलसनले किन रोजे भिलेन चरित्र ?


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडमा भिलेनको नाम लिँदा नछुट्ने नाम हो गुलशन ग्रोवर । उनले अधिकांश फिल्ममा भिलेन चरित्र निभाए ।

उनले यही चरित्रका कारण बलिउडका ‘ब्याड मेन’ उपमा नै पाए । हालैमात्र उनले टाइम्स अफ इण्डियासँगको अन्तरवार्तामा भिलेन चरित्र किन रोजे भन्ने विषयमा मुख खोलेका छन् ।

‘आफ्नो पढाई पुरा गरेपछि जब मैले फिल्ममा प्रवेश गरें, त्यो बेला म एक स्टार हुन चाहन्छु भन्ने महशुस गरें । एक स्टारको मूल्य हुन्छ । त्यही मूल्य पाउन भिलेन बन्ने निर्णय लिएँ’, उनले भनेका छन् ।

उनले रोशन तनेजासँग अनिल कपूरसहित अन्य साथीसँग अभिनयको प्रशिक्षण लिइरहँदा भिलेन बन्ने सोच आएको खुलाए ।

‘मलाई लाग्छ कि फिल्ममा खलनायकको जिन्दगी लामो हुन्छ । उसको लामो उमेर, व्यक्तिगत घमण्ड र राम्रो लुक्समा मात्र होइन, उसको प्रस्तुतिले पनि त्यसलाई निर्धारण गर्दछ’, उनी भन्छन् ।

गुलसनले फिल्म ‘राम–लखन’मा खतरनाक भिलेनको भूमिका निभाएका थिए ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ४ : २० बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग