गुलसनले किन रोजे भिलेन चरित्र ? « Khabarhub

गुलसनले किन रोजे भिलेन चरित्र ?


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउडमा भिलेनको नाम लिँदा नछुट्ने नाम हो गुलशन ग्रोवर । उनले अधिकांश फिल्ममा भिलेन चरित्र निभाए ।

उनले यही चरित्रका कारण बलिउडका ‘ब्याड मेन’ उपमा नै पाए । हालैमात्र उनले टाइम्स अफ इण्डियासँगको अन्तरवार्तामा भिलेन चरित्र किन रोजे भन्ने विषयमा मुख खोलेका छन् ।

‘आफ्नो पढाई पुरा गरेपछि जब मैले फिल्ममा प्रवेश गरें, त्यो बेला म एक स्टार हुन चाहन्छु भन्ने महशुस गरें । एक स्टारको मूल्य हुन्छ । त्यही मूल्य पाउन भिलेन बन्ने निर्णय लिएँ’, उनले भनेका छन् ।

उनले रोशन तनेजासँग अनिल कपूरसहित अन्य साथीसँग अभिनयको प्रशिक्षण लिइरहँदा भिलेन बन्ने सोच आएको खुलाए ।

‘मलाई लाग्छ कि फिल्ममा खलनायकको जिन्दगी लामो हुन्छ । उसको लामो उमेर, व्यक्तिगत घमण्ड र राम्रो लुक्समा मात्र होइन, उसको प्रस्तुतिले पनि त्यसलाई निर्धारण गर्दछ’, उनी भन्छन् ।

गुलसनले फिल्म ‘राम–लखन’मा खतरनाक भिलेनको भूमिका निभाएका थिए ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ४ : २० बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर