एक प्रेरक प्रसङ्ग ‘सक्कली हीरा’ « Khabarhub

एक प्रेरक प्रसङ्ग ‘सक्कली हीरा’


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक पटक दरबारमा एउटा हीरा व्यापारी आयो । ऊसँग एकजोडी हीरा थियो । त्यसमा एउटा सक्कली थियो भने अर्को नक्कली । व्यापारीले चुनौती दिँदै भन्यो— यी दुईमध्ये सक्कली हीरा चिन्ने व्यक्ति नै त्यसको मालिक हुनेछ ।

दुवै हीरा उस्तै देखिन्थे । दुवैको चमक उस्तै थियो । सक्कली हीरा चिन्न गाह्रो थियो । दरबारको प्रतिष्ठाको प्रश्न थियो । त्यसैले कुनै दरबारी अगाडि आइरहेको थिएन ।

अचानक एक अन्धो व्यक्ति अगाडि आयो । उसले चुनौती स्वीकार गर्‍यो । छुने बित्तिकै कुन सक्कली हीरा हो भनेर थाहा पायो । सबै अचम्ममा परे ।

राजाको प्रश्नमा उसले भन्यो— सक्कली हीरा चिन्न एकदमै सजिलो छ । श्रेष्ठ व्यक्तिलाई जस्तै सक्कली हीरालाई पनि तातोले असर गर्दैन । त्यसले हरेक स्थितिमा आफ्नो सन्तुलन बनाइराख्छ । गर्मी वातावरणमा तातो हुने हीरा नक्कली हो । अतः सक्कली हीरा चिन्न सजिलो भयो ।

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ४ : ३७ बजे

बढ्दो अराजकताको एक दृश्य : आकाशे पुलबाट बाटो काट्नु भन्दा सडकमै कुटिइन् ट्राफिक प्रहरी

काठमाडौं– सरकारको अकर्मण्यताका कारण पछिल्लो समय सडकमा अराजकता बढ्दै गएको

इरानी आम्दानीका ५ क्षेत्रमा अमेरिकी प्रतिबन्ध, व्यापार गर्ने देशलाई पनि कारबाहीको चेतावनी

तेहरान- अमेरिकाले इरानको आम्दानीका ५ क्षेत्रमा प्रतिबन्ध लगाएको छ। यी

भारतीय सहयोगमा निर्मित पाटनको कुमारी छेँ र नयाँ कुमारी निवास उद्घाटन

ललितपुर- ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै