एमाले नेता नेपाल र गौतमबीच भेटवार्ता « Khabarhub

एमाले नेता नेपाल र गौतमबीच भेटवार्ता


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

जनकपुरबाट काठमाडौँ आउने वित्तिकै नेता नेपालले उपाध्यक्ष गौतमसँग भेटवार्ता गरेका हुन् । दुई नेताबीच पार्टी भित्रको आन्तरिक विवाद र आगामी योजनाका विषयमा कुराकानी भएको जनाइएको छ ।

भेटमा बिहीबार बेलुका बालुवाटारमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र नेता गौतमबीच भएको ‘डिनर मिटिङ’माका विषयमा समेत कुराकानी भएको जनाइएको छ। डिनर मिटिङमा आफूले कुनै सहमति नजाएको नेता गौतमले नेता नेपाललाई बताएका थिए।

भेटमा गौतमले आफू एमालेको निर्वाचित उपाध्यक्ष रहेको भन्दै उपाध्यक्ष स्वतः स्थायी समितिमा हुने भन्दै शुक्रबार बनाइएको स्थायी समितिप्रति असहमति रहेको नेता नेपालाई बताएका छन् ।

जै नेकपा(एमाले) को महाधिवेशन आयोजक कमिटीको बैठक राखेर माधव पक्षलाई नसमेटेरी ओलीले स्थायी कमिटी गठन गरेका थिए, जहाँ गौतमलाई भने समेटिएको छ ।

एमालेको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला नेपाल र गौतमबीच भेटलाई भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ९ : १० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना