काठमाडौँ- फाइजर र अक्सफोड–एस्ट्राजेनेकाले बनाएको कोरोना भाइरसविरूद्धको खोप भारतमा देखिएको नयाँ भेरियन्टविरूद्ध पनि प्रभावकारी भएको छ ।
खोपको दुई मात्रा नयाँ भेरियन्टमा पनि प्रभावकारी देखिएको पब्लिक हेल्थ इंग्ल्याण्डले गरेको एक अध्ययन प्रतिवेदनले उल्लेख गरेको छ ।
खोपको दुई मात्रा लगाएपछिको प्रभावकारिता भारतमा देखिएको भेरियन्टमा पनि प्रभावकारी भएको बेलायती स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
अध्ययनमा फाइजर–बायोएनटेकको खोप भारतमा देखिएको कोरोना भाइरसको बी १.६१७.२ भेरियन्टमा दोस्रो मात्रा लगाएको दुई हप्तापछि लक्षणसहितको संक्रमणविरुद्ध ८८ प्रतिशत प्रभावकारिता देखिएको हो ।
बेलायतमा देखिएको बी.१.१.७ भेरियन्टविरुद्ध यो प्रभावकारिता ९३ प्रतिशत थियो ।
यस्तै एस्ट्राजेनेका खोपको दुई मात्रा भारतमा देखिएको भेरियन्टबाट हुने लक्षणसहितको संक्रमणविरुद्ध ६० प्रतिशत प्रभावकारी देखिएको रोयटर्सले जनाएको छ ।
प्रतिक्रिया